मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार १७:१३:००
Read Time : < 1 मिनेट
विश्व

गुगल म्यापमा एक करोड ६० लाख किमी बाटोको तस्बिर संकलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार १७:१३:००

सडक हेर्न र ‘गुगल अर्थ’का लागि गुगलले कयौँ मात्रामा पृथ्वीका फोटो संकलन गर्ने विषय समान्य भइसक्यो । हालै गुगलले आफूले संकलन गरेको सडकबारे रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार गुगलले एक करोड माइल (१ करोड ६० लाख किलो मिटरभन्दा बढी) सडक हेर्ने तस्बिरसहित तीन करोड ६० लाख वर्ग माइल पृथ्वीको तस्बिर हेर्न सकिने फोटो संकलन गरेको जनाएकाे छ ।

गुगलले पृथ्वीमा मानिसको बसोबास रहेको क्षेत्रको ९८ प्रतिशत तस्बिर लिइसकेको जनाएको छ । हालै ‘एप्पल’ कम्पनीले पनि ‘एप्पल म्याप्स’ सुरु गरेको छ । तर, गुगलसँग प्रतिस्पर्धा गर्न एप्पल कयौँ माइल पछाडि रहेको समाचारमा जनाइएकाे छ ।

अहिले गुगलले संकलन गरेको सडककाे तस्बिर भनेकाे पृथ्वीलाई ४ सय पटक फन्को मार्न सकिने दुरी हो । करिब १२ वर्षअघि गुगले ‘स्ट्रिट भ्यु’को नामले यो योजना अघि सारेको थियो । एजेन्सी