मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २९ आइतबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार

सागमा स्वर्ण जितेकी संगितालाई गृह नगरमा भव्य स्वागत

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार १६:४५:००

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कुस्तीतर्फ स्वर्ण पदक जितेर गृह नगर फर्किएकी संगिता धामीको आइतबार कन्चनपुरमा भव्य स्वागत भएको छ । भीमदत्त नगरपालिका–३ की संगितालाई वडाको तर्फबाट स्वागत र सम्मान गरिएको हो । देश, जिल्ला र वडाकाे इज्जत बढाएको भन्दै खुशीयालीमा र्‍याली निकालिएको थियो ।

‘संगिताको जित हाम्रो वडाको पनि जित हो,’ वडाध्यक्ष रामबहादुर जप्रेलले भने, ‘यो सारा नेपालीको जित हो ।’ संगिताले खुशीको बेलामा आमा मात्र सहभागी भएको बताइन् । ‘बुबाले पहिल्यै हामीलाई दुःखमा छाडेर गएकाले खुशीमा सहभागी हुने कुरै भएन्,’ उनले भनिन् ।

५५ किलो तौल समुहमा १९ वर्षीय संगिताले बंगलादेशकी प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक हात पारेकी थिइन् । उनकी आमा धनादेवीले छोरीकाे मेहनत सफल भएको खुशी लागेको बताइन् ।धनादेवीलाई असल आमा र राष्ट्रलाई चिनाएको भन्दै संगितालाई स्थानीयले बधाई दिइरहेका छन् । भीमदत्त नगरपालिकाले सागमा सहभागी भएका खेलाडीको सम्मान गर्ने यसअघि नै जनाएको छ ।