१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २९ आइतबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार

विश्व स्वास्थ्य संगठनबाट मान्यता प्रााप्त औषधी ल्याउन सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २९ आइतबार १३:२४:००

सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सर्टिफाइड नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका हुन् ।

उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पु-याउँदा त्यसको तापक्रम कायम राख्ने उपकरण नभएका कारण असर कम भएर रोग उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताए ।

समिति सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताइन् । पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने उनको भनाई थियो ।

छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परीक्षणका लागि नभएको बताएका छन् । उनीहरुले अन्य मूलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताए ।