मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २९ आइतबार १२:३६:००
Read Time : < 1 मिनेट
नयाँCity

मोबाइलका  नयाँ फिचर

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार १२:३६:००

अहिले सार्वजनिक भएका मोबाइल सेटमा कम्पनीले विभिन्न नयाँ फिचर थपेका छन् । एप्पल, सामसुङलगायत मोबाइल कम्पनीले नयाँ फिचरमा बढी जोड दिएको पाइन्छ । मोबाइल सेटको गुणस्तरअनुसार ग्लास, क्यामेरा, डिस्प्ले, ब्याट्रीलगायतमा बढी ध्यान दिइएको छ ।

 उत्तम काफ्ले
सञ्चालक : ‘सबको फोन’

ग्लास
हालसम्म बजारमा आएका मोबाइलमा ‘गोरिल्ला ग्लास’ बढी प्रयोग भएको छ । तर, एप्पललगायत कम्पनीले त्यसको विकल्पमा ‘नीलमणि ग्लास’ प्रयोग गर्न अनुसन्धान गरिरहेका छन् । ‘गोरिल्ला’भन्दा ‘नीलमणि ग्लास’ बलियो हुन्छ । ‘एचटिसी’ नामक कम्पनीले यसको प्रयोग गरिसकेको छ ।

क्यामेरा
‘साओमी’को ‘एमआई मिक्स अल्फा’मा हालसम्मकै ठूलो क्षमता १०८ मेगापिक्सेलको क्यामेरा जडित छ । यो मोबाइल सेट नेपालमा पनि आइसकेको छ । यसमा १२ जिबी र्‍याम र ५१२ जिबी स्टोरेज छ । सामसुङ ग्यालेक्सी एस टेन, साओमी एमआई–९ टी प्रोलगायत महँगा फोनमा ‘ट्रिपल सेन्सर’ क्यामेरा राखिएको छ । त्यसबाट तीनथरी तस्बिर कैद गर्न सकिन्छ ।

‘थ्री डी’ प्रविधि
पछिल्लो मोबाइल सेटमा ‘थ्री डी’ प्रविधि जडान गरिएको छ । त्यसमार्फत ‘गेम’ खेल्दा अगाडि आउने सम्पूर्ण फिचर, जस्तैः सडक, पुल र सहरजस्ता कुरा वास्तविक जीवनमै रहेको 
अनुभूति हुन्छ ।

अन्डरस्क्रिन सेन्सर
स्क्रिन सेन्सर सेवा भएका मोबाइलमा स्क्रिनबाटै सबै फिचर चल्छ । यस्ता सेटमा बटन हुँदैन । आफूले निश्चित ठाउँमा राखेको ‘लक’बाटै सबै फिचर चल्छन् ।

गोपनीयता
हाल विश्वमा मोबाइलमा हुनुपर्ने गोपनीयताको विषयले बहसको रूप पाएको छ । मोबाइल सेटबाट व्यक्तिको गोपनीयता भंग हुने गरेको विषय संवेदनशील बन्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न एप्पल कम्पनीले ‘एड ब्लकिङ’ एप्स सञ्चालनमा ल्याइसकेको छ । यो एप्सले विज्ञापन मात्र हटाउँदैन, गोपनीयताको पनि सुरक्षा गर्छ ।