१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २९ आइतबार ११:५६:००
Read Time : < 1 मिनेट
नयाँCity

हिटर ताप्दा ध्यान दिनुस

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ११:५६:००

हिउँदे मौसमको सुरुवातसँगै जाडो छल्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्ने मात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले यी कुरामा ध्यान दिन जरुरी छ  :

हिटरबाट उत्पन्न हुने कार्बन मोनोक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसर्थ, कोठा बन्द गरेर हिटर कहिल्यै पनि बाल्नुहुँदैन । 

हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्नेवेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ । 

नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् । 

बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन । पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।