१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २९ आइतबार ११:४५:००
Read Time : < 1 मिनेट
नयाँCity

मोडलिङ संवाद : अनि मोडलिङ सुरु गरेँ

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ११:४५:००

पछिल्लो समय आफ्ना गीतमा आफैंले मोडलिङ गर्ने कोशिस गरिरहेको छु । सुरुमा अभिनेता पल शाहसँग धेरै सहकार्य गरें । विस्तारै आफ्ना गीतमा आफू पनि फिट हुन सक्छुजस्तो लाग्यो । मेरा गीतमा आफ्नै शब्द र संगीत हुने गर्छन् । गीत लेख्नु र कम्पोज गर्नुका पछाडि पनि कारण हुन्छन् ।

कुनै घटना होलान्, कुनै संयोग । गीत लेख्दा र कम्पोज गर्दा त्यसको म्युजिक भिडियोका पात्रहरूबारे कल्पना गरेको हुन्छु । त्यसैले मोडलिङमा आफैं फिट हुन सक्छु भन्ने लागेको हुन सक्छ ।

आफ्ना गीतमा आफू पनि फिट हुन सक्छुजस्तो लाग्यो । गीत लेख्दा र कम्पोज गर्दा त्यसको म्युजिक भिडियोका पात्रहरूबारे कल्पना गरेको हुन्छु । त्यसैले मोडलिङमा आफैँ फिट हुन सक्छु भन्ने विचार आएको हुन सक्छ ।

मैले मोडलिङ गरेका गीतहरू दर्शकले रुचाइदिएकाले आफू फिट रहेको अनुभूति भएको छ । एक पटक साथी जगदिश समालले लेखेको ‘मिल्दैन र फूलको बोटले’ बोलको गीत गाएको थिएँ । त्यसबाहेक सबै गीतमा मेरै शब्द छन् ।

क्षमतावान् गायकमा मोडलिङ गर्ने प्रतिभा पनि लुकेको हुन्छ भन्ने लाग्छ । शब्द र संगीत हरेक गीतका दुई खम्बा हुन् । त्यसमाथि अहिले म्युजिक भिडियो र त्यसमा गरिएको ‘फिचरिङ’ पनि महत्वपूर्ण भएको छ ।

मैले पहिलो पटक ‘झरी परेछ’ बोलको गीतमा मोडलिङ गरेको थिएँ । कुनै दिन फिल्ममा अभिनयको राम्रो अफर आयो भने तयार हुन्छु । किनकि, अभिनयमा पनि रुचि छ । तर, गायनलाई मुख्य र अभिनयलाई ‘पार्ट टाइम’ बनाउन सक्छु ।