मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २९ आइतबार ११:२७:००
Read Time : < 1 मिनेट
नयाँCity

आइएमई नेपाल साहित्य महोत्सव : लोकगीतदेखि भूराजनीतिसम्म छलफल

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ११:२७:००

पोखरामा जारी ‘आइएमई नेपाल साहित्य महोत्सव २०१९’ अन्तर्गत शनिबारको पहिलो सत्रमा ‘लोकगीत कि लोकप्रियता ?’ विषयमा पत्रकार नारायण अमृतसँग गायिकाहरू हरिदेवी कोइराला र झुमा लिम्बू तथा प्रकाश सपुतले 

आफ्ना विचार राखे । लोकगीतको विगत र त्यसमा अहिले आएको परिवर्तनबारे उनीहरूले बोलेका थिए । यस्तै, ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’ विषयक सत्रमा करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे सहभागी भए ।

महोत्सवअन्तर्गत शनिबार भएका १२ वटा सेसनमा वक्ता र प्रस्तोता गरी ३४ जनाले संवाद गरे

उनीहरूले प्रविधिको विकासले बालबालिकाको मानसिकतामा विभिन्न प्रभाव पारेको उल्लेख गरे । ‘सपनाको सम्मान’ सेसनमा डा. रूपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए । नारायण ढकालको कथासंग्रह ‘तमस’माथि भएको संवादमा खगेन्द्र संग्रौला र गनेस पौडेलसँग भूपेन्द्र खड्काले छलफल चलाए ।

‘भोक’ शीर्षकको अन्तक्र्रियामा शान्ता चौधरी, करिश्मा मानन्धर र सविना कार्कीले संवाद गरे । यस्तै, अली मियाँ कक्षमा ‘कारागारमा किताबी संसार’ शीर्षकमा महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले संवाद गरे । ‘दृष्टिदान’ संवादमा डा. सन्दुक रुइत र रवि लामिछानेले भाग लिए ।

महोत्सवको अर्काे सेसन थियो, ‘बतासमा बारुदको गन्ध’ । यसमा सहभागी भए, मनोरञ्जन व्यापारी र दिनेश काफ्ले । यसैगरी, ‘राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण’ सेसनमा देवेन्द्र सुवेदी, हरिबहादुर थापा र जनकराज सापकोटा सहभागी भए ।

महोत्सवको अर्काे सेसन ‘जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श’मा मीरा राई र ननिता बज्राचार्यसँग शिवानीसिंह थारूले छलफल गरिन् । ‘राइटिङ होम एन्ड होमल्यान्ड’ शीर्षकको संवादमा जमिल जन कोचाई र इतिशा गिरी सहभागी भए । यसैगरी, ‘नेपाल नेक्सस : राजनीतिमा भूराजनीति’ सेसनमा कांग्रेस नेता गगन थापा, पत्रकार सुधीर शर्मा र यादव देवकोटाले छलफल गरे ।