मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २९ आइतबार १०:२०:००
Read Time : < 1 मिनेट
समाचार

हिमपातले सञ्चार  सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार १०:२०:००

दुई दिनदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको छ । हगुल्टे लेकमा रहेको नेपाल टेलिकमको टावरमा हिमपातले समस्या आएपछि पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको हो ।

यहाँका पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क जोड्नका लागि हगुल्टेमा टावर राखिएको थियो । त्यस्तै, यहाँका पहाडी जिल्लामा शुक्रबार रातिदेखि टेलिफोन सेवा, टेलिकमद्वारा वितरित एडिएसएललगायत इन्टरनेट सेवा पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पट इन्टरनेट सेवा भने आंशिक रूपमा सञ्चालनमा रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । 

हिमपातका कारण अवरुद्ध सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भने शनिबारदेखि सञ्चालनमा आएको छ । डोजरले हिउँ पन्छाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय, डोटीका एसएसपी दिलीपसिंह देउवाले बताए । हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रु अलपत्र परेका थिए ।