१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मणिलाल विश्वकर्मा 
२०७५ पौष २९ आइतबार १७:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

बिपन्न मुसहर परिवारलाई न्यानो कपडा

Read Time : < 1 मिनेट
मणिलाल विश्वकर्मा 
२०७५ पौष २९ आइतबार १७:२२:००

सिरहाको गोलबजार नगरपालिका ३ जमदहका बिपन्न समुदायका मुसहरहरुलाई कम्बल तथा न्यानो कपडा वितरण गरिएको छ । 

शीतलहर नलागेपनि बिहान बेलुकाको चिसोले आर्थिक अवस्था कमजोर भएका मुसहरहरु प्रभावित भएपछि कम्बल तथा बच्चाहरुका लागि न्यानो कपडा वितरण गरिएको हो । बिपन्नताको कारणले न्यानो पाउन नसकेका जमदहका ९२ परिवारलाई एक सय ४८ थान कम्बल र ४८ बालबालिकाको लागि टोपी, मोजा, पञ्जासहितको किट दिइएको वडाध्यक्ष धनप्रसाद लामाले बताए । 

वडाध्यक्ष लामा भन्छन् ‘अत्यन्त कमजोर आर्थिक अवस्था भएका जमदह क्षेत्रका मुसहरहरुले चिसो भएपनि न्यानो कपडाको जोहो गर्न सकेका थिएनन्, शीतलहर लाग्नु पूर्व नै न्यानो कपडा पाएपछि उनीहरुको दैनिकी केही सहज भएको छ ।’ जमदहमा अझै निम्छरो आर्थिक अवस्था भएका दुई सय ३५ परिवारलाई न्यानो कपडाका लागि सहयोग गर्न वडाध्यक्ष लामाले आग्रह गरे । 

स्वीस विकास नियोगको सहयोग, वडा कार्यालय तथा मुक्ति नेपालको समन्वयमा सप्तरीस्थित सामुदायिक विकास केन्द्रले मुसहरहरुलाई न्यानो कपडा वितरण गरेको हो ।