१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २९ आइतबार ०८:०७:००
Read Time : < 1 मिनेट
समाचार

मंसिरमा भएका सवारी  दुर्घटनामा १८ जनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०८:०७:००

मंसिरयता चितवनमा सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । मोटरसाइकल दुर्घटनामा ५, अटो दुर्घटनामा ५, ट््याक्टर दुर्घटनामा २, पैदलयात्री ५ र साइकलयात्री एकजनाको सडक दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मंसिर यता पैलल हिँडिरहेका वेला सवारीसाधनको ठक्करबाट पाँचजनाले ज्यान गुमाएका छन् । त्यसमा मर्निङ वाकमा हिडिँरहेका वेला ज्यान गुमाउने २ जना छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मर्निङ वाकका वेला एकजनाको मोटरसाइकलको ठक्करबाट र एकजनाको अटो रिक्साको ठक्करबाट ज्यान गएको हो । 

पैदल हिँडेका वेला सवारीसाधनको ठक्करबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पैदलयात्रुलाई सचेत हुन आग्रह गरिएको चितवनका ट्राफिक प्रहरीप्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले बताए । ‘शरीरिक रूपमा बिहान हिँड्नु स्वस्थकर छ । तर, झिसमिसेमै सडकमा हिँड्दा यात्रुले निकै सचेत हुनुपर्ने देखियो,’ गिरीले भने ।

दुर्घटना कम गर्न सवारीसाधनमा चम्किलो बत्ती राख्न, सडकको पेटी भागबाट मात्र हिँड्न, तीव्र गतिमा सवारी नचलाउन, पैदलयात्रुलाई टल्किने कपडा लगाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । रेडियो वा गीत–संगीतको तालमा मर्निङ वाक गर्दा ध्यान अन्यत्र केन्द्रित हुने हुनाले दुर्घटनाको जोखिम हुने गिरीले बताए ।

बढी यात्रु बोक्छन् अटो

अटोको क्षमता चालकसहित चारजना मात्र हो । तर, २१ मंसिरमा भण्डारामा दुर्घटनामा परेको अटोमा चालकसहित ६ यात्रु थिए । दुर्घटनामा ५ यात्रुको मृत्यु भएको थियो । ग्रामीण बाटो, तीव्र गति र क्षमताभन्दा बढी यात्रु भएकाले अटो दुर्घटनामा परेको हो । चितवनमा गुड्ने सबैजसो अटोले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् ।