मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २९ आइतबार ०७:१२:००
Read Time : < 1 मिनेट
समाचार

नगरप्रमुखको मृत्यु भए सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०७:१२:००

इलाम नगरपालिकाले बहालवाला प्रमुख तथा उपप्रमुखको मृत्यु भएमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले ‘इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि–२०७६’ स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो । कार्यविधिले प्रमुख तथा उपप्रमुखको पदमा बहाल रहेकै अवस्थामा मृत्यु भएमा नगरपालिकाअन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरूमा एक दिन बिदा दिने व्यवस्था गरेको छ ।

वडाध्यक्ष तथा कार्यपालिका सदस्य र वडासदस्यको पदमा बहाल रहेकै अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालय र वडामा रहेका शैक्षिक संस्थाहरूमा एक दिन शोक बिदा दिने पनि कार्यविधिमा उल्लेख छ । बहालवाला पदाधिकारीहरूको स्वाभाविक मृत्यु भएमा मात्र त्यस्तो शोक बिदा दिइनेछ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) ले दिएको अधिकारलाई प्रयोग गरेर कार्यविधि जारी गरेको हो । 

त्यस्तै, इलाम नगरपालिका क्षेत्रमा दिइने सार्वजनिक बिदा सम्बन्धमा संघीय तथा प्रदेश सरकारले घोषणा गरेको बिदाका अतिरिक्त स्थानीय चाडपर्व, महोत्सव आदिको अवसरमा वर्षमा ६ दिनभन्दा नबढार्ई कार्यपालिकाबाट निर्णय गरी बिदा दिने कार्यविधिमा उल्लेख छ ।