मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल युएई
२०७६ मङ्सिर २८ शनिबार ११:११:००
Read Time : < 1 मिनेट
प्रवास

अल अहलियाको नयाँ अफर : एक किलो सुन र दश वटा कार

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
२०७६ मङ्सिर २८ शनिबार ११:११:००

यूएईमा रहेको अल अहलिया एक्सचेञ्जबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने अफर  ल्याएको छ ।  विन्टर प्रोमोसन २०१९–२०२० अन्तर्गत  डिसेम्बर  १५ तारिख देखि आगामी फेब्रुअरी १२, २०२०  तारिखसम्म अल अहलिया एक्सचेञ्जका शाखाबाट पैसा पठाउने ग्राहकहरुले यो अफरमा सहभागी हुन पाउने अल अहलिया एक्सचेञ्चका बेनी ढकालले नयाँ पत्रिकालाई बताए ।

उनका अनुसार आगामी १३ फेवु्रअरीमा पहिलो आबुधाबी शाखामा गोलाप्रथा गरिनेछ । त्यसैगरी १६ फेवु्रअरीमा मा शारजाहमा गोलाप्रथा हुनेछ  र १७ फेवु्रअरीमा मा अलकुज मलमा रहेको शाखामा मेघा प्राइजको लागि गोला प्रथा हुनेछ ।

वैधानिक रेमिट्यान्सको प्रोत्साहन गर्न हरेक वर्ष अल अहलिया एक्सचेन्जले विभिन्न अफरहरु ल्याउने गरेको छ । विगतमा अल अहलियाको अफरमा धेरै नेपालीहरुले पुरस्कारहरु पाएका थिए । ढकालका अनुसार सन् २०१८ को समर अफरमा नरेन्द्र मगरले १ किलो सुन उपहार पाएका थिए । त्यस्तै सन् २०१९ को समर अफरमा नविन पाण्डेले एक कार उपहार पाएका थिए ।