१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका पोखरा
२०७६ मङ्सिर २७ शुक्रबार १७:३०:००
Read Time : < 1 मिनेट
साहित्य

पोखरामा आइएमई नेपाल साहित्य महोत्सव सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका पोखरा
२०७६ मङ्सिर २७ शुक्रबार १७:३०:००

पोखरामा शुक्रबारदेखि आईएमई नेपाल साहित्य महोत्सव सुरु भएको छ । 

पोखराको लेकसाइडमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका हुन् । गुरुङले पोखरामा मोहोत्सव हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताए । साहित्यको उत्थान, विकास र समृद्धिका लागि आफु सदैव तत्पर रहने उनले प्रतिबद्धता जनाए । 

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले लेखक, पत्रकार, समीक्षक आदिको भव्य सहभागिता रहने महोत्सव प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । 

उद्घाटन कार्यक्रममा पूर्वअर्थमन्त्री एवम् नागरिक अगुवा देवेन्द्रराज पाण्डेले ‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’ शीर्षकमा बाेलेका थिए ।