मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मल्टिमिडिया

हिमाली जिल्लामा हिमपात : जनजीवन प्रभावित, कृषक खुसी [फाेटाेफिचर]

 

पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढेको छ भने देशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको हो ।
हिमाली जिल्ला मुगुमा बिहीबार रातिदेखि हिमपात भएको छ । हिमपातले जनजीवन भने कष्टकर बन्दै गएको छ ।

हिमपात भएपछि अन्न र फलफूल उत्पादन राम्रो हुने भएकाले किसान भने हर्षित छन् । पर्यटकीय स्थल रारामा १ फिट बाक्लो हिउँ जमेको स्थानीय बलीबहादुर शाहीले बताए । रारामा शुक्रबार पनि हिउँ पर्ने क्रम रोकिएको छैन । 

हिमपातका कारण मुगुमा हवाइ सेवा ठप्प भएको छ । रारा बिमानस्थलमा कुनै पनि जहाजले उडान गरेका छैनन् । 

त्यस्तै मनाङको माथिल्लो क्षेत्रमात्र नभइ सदरमुकाम चामेमा पनि हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।

मनाङमा हिमपात र चिसोका कारण जनजीवन प्रभावित भएको छ । यस वर्ष चाँडो हिमपात भएको हो । हिमपातका कारण अन्नपुर्ण पदमार्ग र तिलिचो ताल भ्रमणमा गएका पर्यटकहरु मनाङको बिभिन्न स्थानबाटै फर्कन थालेका छन् ।

त्यस्तै सुदुरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी र बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । भीमदत्त राजमार्गको डडेल्धुरा खण्डमा पर्ने हगुल्डे र साँहु खर्कमा हिमपात भएपछि दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा चल्ने यातायात बन्द भएका छन् । 

यस्तै हिमपातका कारण उच्च भेगका गाविसको जनजीवन बढी प्रभावित बनेको छ । हिमपातले हिउदेवाली सप्रिने भन्दै किसानहरु भने खुशी भएका छन् ।

त्यसैगरी दोलखाको कालिञ्चोकको मन्दिरसँगै कुरी बजार र आसपासका क्षेत्रमा शुक्रबार बाक्लो हिमपात भएको छ । हिमपातका कारण कालिञ्चोक आउने पर्यटकको संख्यामा भने वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

हुम्लाको नाम्खा सञ्चारबिहीन
हिमाली जिल्ला हुम्लामा हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाका बस्तीहरु सम्पर्क विहीन बनेका छन् ।

उत्तरी नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार,  खगाँलगाँउ, हेप्का, टाङगिन लगायतका बस्तीहरु जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्क विहीन बनेका छन् ।

मनाङ
डडेल्धुरा
डडेल्धुरा
दाेलखा
मुगु
मुगु
मुगु