१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा युग पाठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १५:४१:००

अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा लेखक युग पाठक चुनिएका छन् । मोरक्कोको रबातमा सम्पन्न नवौंं अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । 


अधिवेशनले इजिप्टका सरिफ अल सुबास संघको महासचिव, मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिवमा चुनिएका छन् । त्यसैगरी उपमहासचिवमा अफ्रिका महादेशबाट नाइजेरियाका लेखक डा. ओले ओकेदिरान, एसियाबाट पाकिस्तानका इम्दाद आकाश र ल्याटिन अमेरिकाबाट कोलम्बियाका फिरान्डा रान्दोन निर्वाचित भएका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष हुन पाउनु नेपालका लागि गौरवपूर्ण चुनौति भएको बताए । विभिन्न युद्ध र गरिबी बेहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानको माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने उनले प्रतिबद्धता जनाए । 


११ देखि १३ जनवरीमा आयोजित अधिवेशन अन्तर्गत ‘जेरुसेलम अन द वल्र्ड सिन’ विषयमा एक अन्तक्र्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । इजरायली अतिक्रमणका विरुद्ध प्यालेस्टाइनी जनताले गरिरहेको संघर्षप्रति उक्त कार्यक्रमले ऐक्यबद्धता पनि जनाएको छ ।


बंगलादेश, भारत, म्यानमार, प्यालेस्टाइन लगायत तेस्रो विश्वका जनताले बेहोर्न परिरहेको आन्तरिक र बाह्य चुनौतीको सामना हतियारबद्ध युद्धबाट भन्दा बौद्धिक र सांस्कृतिक आन्दोलनहरुबाट गरिनुपर्ने मत अधिवेशनले पारित गरेको छ । पाठक यसअघि सन् २०१६ मा संघको उपमहासचिव निर्वाचित भएका थिए ।