१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २७ शुक्रबार ०६:३८:००
Read Time : < 1 मिनेट
अर्थ

पिपिएलको इन्टरनेट पार्टनरमा सुबिसु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २७ शुक्रबार ०६:३८:००

सुबिसु केबलनेट प्रालि पोखरा प्रिमियर लिग (पिपिएल) को इन्टरनेट पार्टनर बन्ने भएको छ । गत वर्ष सम्पन्न पहिलो संस्करणमा पनि सुबिसु पिपिएलको इन्टरनेट पार्टनर रहेको थियो ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्विन्स इभेन्ट नेपालका प्रबन्ध निर्देशक छुम्बी लामाले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली खेलकुदको विकास तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्ष पनि सहकार्य गरेको  सुबिसुले जनाएको छ । 

साथै, सुबिसुले प्रत्येक खेलमा उत्कृष्ट क्याच गर्ने खेलाडीलाई ‘क्लियर टिभी क्लियर क्याच’ तथा ‘फास्टेस्ट फिफ्टी’ हान्ने खेलाडीलाई उपहारस्वरूप १ वर्षका लागि सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा उपलब्ध गराउने बताएको छ ।