मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर २७ शुक्रबार १०:५६:००
Read Time : > 1 मिनेट
सप्तरंग

लाहुरे बन्न हिँडेको गायक बनेँ : राज सागर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर २७ शुक्रबार १०:५६:००

भोजपुरमा जन्मेका राज सागर ०५८ सालमा एसएलसी दिएर सिंगापुर लाहुरे बन्न घरबाट निस्किए । लाहुर गएर जीवन सपार्ने सपना पछ्याउँदै पोखरा पुगेका उनको मुटुको धडकनमा समस्या देखिएपछि लाहुरे यात्रा अगाडि बढेन । त्यसपछि रन्थनिँदै काठमाडौं आएका उनी गायनतर्फ लागे ।

०६२ सालमा महेश खड्काको संगीत र अर्जुन पोखरेलको शब्द रहेको ‘नबोल्नु है उनीसँग माया जालमा पारिदिन्छिन्, रूखको माथि चढाएर फेदै काटी झारिदिन्छन्’ गीत लिएर रेडियो नेपाल पुगे । तर, स्वर परीक्षा उत्तीर्ण हुन सकेनन् । ०६३ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा ‘पीर टिपेँ व्यथा टिपेँ सुख टिप्न डर लाग्यो, किनकिन हाँसोभन्दा आँसुको नै भर लाग्यो’ बोलको गीतबाट स्वर परीक्षा उत्तीर्ण भए, जसमा नरेन्द्र घिमिरेको शब्द र राजकै संगीत थियो ।

 एसएलसी दिएर सिंगापुर लाहुरे बन्न घरबाट निस्किए । लाहुर गएर जीवन सपार्ने सपना पछ्याउँदै पोखरा पुगेका उनको मुटुको धडकनमा समस्या देखिएपछि लाहुरे यात्रा अगाडि बढेन ।

 

त्यसपछि ‘चिसो सहर’, ‘अझै बाँकी’, ‘आगमन’, ‘निदाएको थियौ’, ‘अञ्जु रानी मञ्जु रानी’, ‘रक्तलाली’, ‘बौलाएँ म’लगायत गीतमा स्वर र संगीत दिए । सत्यकला राईको स्वर रहेको ‘ढडिया थापिदेउ साहिँला बल्छी थापिदेउ’ गीतमा राजको शब्द र संगीत थियो । सन्तोष लामा नेपाली तारा बन्दा उनी चौथो भए । अहिलेसम्म राजले गाएका सबै गीतमा उनकै संगीत छ ।

तीन वटा फिल्मका गीतमा संगीत दिइसकेका उनले ‘म्युजिक खबर अवार्ड’, ‘इमेज अवार्ड’, ‘कालिका अवार्ड’, ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ लगायत सम्मान पाइसकेका छन् । स्वरसम्राट नारायण गोपाललाई ‘आइडल’ मान्ने उनी सुगम संगीत र गजलको विधामा अगाडि बढिरहेका छन् । पहिलेका श्रष्टाहरूका गीत जीवन्त लाग्छन्, उनलाई । समाजमा अपाच्य शब्दहरू समेटिएका गीतहरू बजारमा आइरहेकामा उनी असन्तुष्टि व्यक्त गर्छन् । डिल्लीबजारमा ‘भ्वाइस अफ नेपाल’ नामक रेकर्डिङ स्टुडियो चलाइरहेका उनले त्यसैबाट आफ्नो आर्थिक पाटो धानिरहेका छन् ।