१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर २७ शुक्रबार ०९:१३:००
Read Time : < 1 मिनेट
सप्तरंग

अनुष्काले जितिन् मिस वल्र्डको मल्टिमिडिया अवार्ड

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २७ शुक्रबार ०९:१३:००

मिस नेपाल अनुष्का श्रेष्ठले मिस वल्र्ड–२०१९ को मल्टिमिडिया अवार्ड जितेकी छन् । उक्त अवार्डलाई प्रतियोगिताको सब–टाइटल मानिन्छ । अघिल्लो शृंखलामा सहभागी तत्कालीन मिस नेपाल शृंखला खतिवडाले पनि उक्त अवार्ड हात पारेकी थिइन् ।

मल्टिमिडिया अवार्डलाई पनि मिस वल्र्डमा छनोटको एक आधार मानिन्छ ।अनुष्का बुधबारदेखि मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न बेलायतको राजधानी लन्डनमा छिन् । १४ डिसेम्बरमा लन्डनस्थित एक्सेल हलमा ६९औँ मिस वल्र्डको ताजका लागि प्रतियोगिता आयोजना हुँदै छ । मिस नेपाल श्रेष्ठले बिहीबार प्रतियोगिताको सब–टाइटल मल्टिमिडिया अवार्ड जितेकी छन् । 

मल्टिमिडिया अवार्ड मिस वल्र्डको सब–टाइटल मानिन्छ र यो मिस वल्र्डमा छनोटको एक आधार पनि हो ।

प्रतियोगितामा एक सय ११ देशका सुन्दरी सहभागी छन् । यसअघि अनुष्का इन्डोनेसियाकी सुन्दरीलाई ‘हेड टु हेड च्यालेन्ज राउन्ड’मा उछिन्दै टप ४० मा परिसकेकी छन् । ‘ब्युटी विथ अ पर्पोस’ को टप १० मा पनि परिसकेकी छन् । गैरआवासीय नेपाली संघले पनि आफ्नो सञ्जालमार्फत अनुष्कालाई सहयोग गरिरहेको छ । ‘हेड टु हेड च्यालेन्ज’ र ‘मल्टिमिडिया अवार्ड’मा भोटिङको मुख्य भूमिका हुन्छ भने बाँकी पर्फर्मेन्सबाट निर्णय हुने गर्छ ।