मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रौतहट
२०७६ मङ्सिर २७ शुक्रबार ०८:४०:००
Read Time : < 1 मिनेट
समाचार

दुई बेवारिसे शव फेला

Read Time : < 1 मिनेट
रौतहट
२०७६ मङ्सिर २७ शुक्रबार ०८:४०:००

चन्द्रनिगाहपुरमा दुई शव फेला परेका छन । शवको पहिचान हुन सकेको छैन । मुनलाइट स्कुलअगाडि एउटा तथा बजारमा अर्को शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

चन्द्रनिगाहपुरको तल्लो बजारमा सवारीसाधानले ठक्कर दिएको अवस्थामा करिब ३२ वर्षका पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कबित कटुवालले जानकारी दिए ।

त्यस्तै, मुनलाइट स्कुलअगाडि फेला परेको शव मागी खाएर गुजारा चलाउने मानिसको भएको प्रहरीले जनाएको छ । दुवै शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।