मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लक्ष्मण खनाल
२०७५ पौष २९ आइतबार १३:४३:००
Read Time : > 1 मिनेट
प्रवास

कम्पनी मालिक भागेपछि युएईमा सयभन्दा बढी नेपाली अलपत्र 

Read Time : > 1 मिनेट
लक्ष्मण खनाल
२०७५ पौष २९ आइतबार १३:४३:००

युएईको अबुधाबिमा रहेको अल वासिता क्याटरिङ्ग इमिरेट्सका कम्पनी मालिक भागेपछि त्यहाँ कार्यरत सयभन्दा बढी नेपालीहरु अलपत्र परेका छन् । काठमाडौंमा रहेको सनहिल्स म्यानपावरबाट उक्त कम्पनीमा आएका उनीहरु कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेपछि अलपत्र परेको गोरखा घर भएका रविन्द्र श्रेष्ठले नयाँ पत्रिकालाई बताए ।

उनले भने ‘कम्पनीमा विगत ९ वर्षदेखि कार्यरत छन्, कोही १ वर्षदेखि कार्यरत नेपालीहरु छन् । कम्पनीले गत जुलाई महिना देखि तलब दिएको थिएन, अहिले मालिक नै भागेपछि हामी अलपत्र भयौँ ।’

उनीहरु अलपत्र परेपछि दूतावासमा निवेदन दिएका छन् । रविन्द्रका अुनसार अबुधाबीमा रहेका ७४ जनाले दूतावासमा निवेदन दिएका छन् । अलपत्र पर्नेमा अलएन, दुबइर्, शारजाह लगायतका क्याम्पमा रहेका नेपालीहरु पनि छन् । उनीहरुको एकिन तथ्यांक आउन नसकेको र डेढसय भन्दा नेपाली अलपत्र परेको अनुमान गरिएको रविन्द्रले बताए । उक्त कम्पनीमा भारत, बाङ्लादेश, पाकिस्तान, श्रीलंकालगायतका झन्डै ६÷७ सय जना कामदार अहिले अलपत्र अवस्थामा रहेका छन् ।

उनीहरुलाई बिहान बेलुका खानाको समेत समस्या पर्न थालेको छ । आफन्त, विभिन्न संघ संस्था, साथीभाइहरुको सहयोगमा बिहान बेलुकाको छाक टरको उनीहरु बताउँछन् । आफुहरुलाई रोजगारको लागि पठाउने सन हिल्स म्यानपावरमा पटक पटक खबर गरे पनि सहयोग नपाएको उनीहरुले बताएका छन् ।

उद्दारको पहल भइरहेछ : दूतावास
अलपत्र परेका नेपालीहरुको उद्दारको लागि चौतर्फी पहल भएको दुतावासले जनाएको छ । नेपाली राजदूतावास अबुधावीका श्रम सहचारी मोतिराम भुषालले अल वासिता क्याटरिङ्ग इमिरेट्स कम्पनीमा कार्यरत ७४ जनाले निवेदन दिएको बताए । नेपालीहरु अलपत्र खबर पाए लगत्तै बुधबार दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्र्की र दूतावासका जनसम्पर्क अधिकृत इर्फान आलम उनीहरु कार्यरत कम्पनीमा पुगेर छलफल गरेका थिए ।

भुषाल भन्छन् – ‘मालिक भागेको कारण कम्पनीको तर्फबाट उद्दार हुन सक्ने सम्भावना न्यून रहेको छ । त्यसैले दूतावासले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा सम्बन्धित विभागमा पत्रचार गरेर जानकारी गराएको छ । युएईको स्थानीय प्रशासनमा पनि पत्रचार गरिएको छ । उनीहरुलाई पठाउने सन हिल्स म्यानपावरको सम्पुर्ण काम काज रोक्काको लागि पत्रचार भएको छ । उनीहरुलाई पनि दबाब दिइएको छ । छिट्टै दूतावासले उनीहरुको उद्दार गर्नेछ ।’