मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर २६ बिहीबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस बैठकमा विवाद, पौडेल पक्षद्वारा बहिस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर २६ बिहीबार १९:०७:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसको आन्तरिक विवाद सतहमा आएको छ । 

केन्द्रीय समितिको बैठक बिहीबार नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेसँगै कांग्रेसको विवाद सतहमा आएको हो । कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा कुनै प्रस्ताव नआएपछि बहिस्कार गरिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

विधान अनुसार महाधिवेशनका लागि ३ महिनाको समय मात्रै बाँकी रहँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यतालिकाको एजेण्ड बैठकमा राख्न नमानेपछि बैठक बहिस्कार गरिएको उनको भनाई छ । मंसिर मसान्तभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्ने यसअघिको निर्णय भएपनि कार्यान्वयन नभएको उनको अरोप छ । 

बैठकमा एजेण्डा मिलाएर जाँउ भन्दा पनि सभापति देउवाले नटेरेको उनले बताए । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने एजेण्डा नराख्दासम्म सहभागी नहुने अडान पौडेलले लिएका छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरु हुनु नै अन्त्य हुनु नभएको र प्रस्ताव आउनु नै पारित हुनु नभएको बताएका छन् । बैठकमा सीमा अतिक्रमणका सन्दर्भमा पार्टीले पहिले नै आफ्नो आधिकारिक धारणा व्यक्त गरेपनि बैठकमा प्रस्ताव पेश भएको उनले जानकारी दिए । पार्टीको तेस्रो चरणको जागरण अभियान सञ्चालन, पार्टीका २८ वटा विभागहरु बढाएर ४१ बनाउने, उपनिर्वाचनको समीक्षा र तरुण दलले थप गरेको ६ महिनाको समय अनुमोदन गर्ने प्रस्ताव पेश गरिएको उनले बताए ।

पार्टीमा एकीकरण भएको नेपाल लोकतान्त्रिक फोरमका समायोजन गर्न बाँकी पार्टीका समिति र क्रियाशील सदस्यलाई कसरी समायोजन गर्ने भन्ने विषयको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता शर्माले बताए ।