मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार १८:५९:००
Read Time : < 1 मिनेट
खेलकुद

'सागको इतिहासमै बढी पदक नेपालको उपलब्धि'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार १८:५९:००

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन् । 

काठमाडौंमा बिहीबार पत्रकारहरुसँग सदस्य सचिव सिलवालले खेलाडीहरुका लागि सरकारले घोषणा गरेको पुरस्कारले खेलाडीहरुको बनोबल बढेको बताए । 

विभन्नि २१ खेलको प्रशिक्षण विदेशमा गरिएकाले समेत परिणाम राम्रो आएको बताउँदै खेल क्षेत्रमा अझ बढी लगानी आवश्यक रहेको उनले औंल्याए । अबको ध्यान १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको उनले बताए । 

खेलकुद क्षेत्रको क्रमिक सुधार भएको बताउँदै उनले खेललाई उत्पादनशील क्षेत्रको रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । फुटबल, क्रिकेट तथा भलिबलमा निरन्तर लिग खेल खेलाउने उनले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा गण्डकी प्रदेशमा हुने जानकारी दिँदै अबको चार वर्ष भित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने उनले घोषणा गरे । उनले सागको सम्पूर्ण खर्च विवरण ९० दिन भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । 

सागमा पदक जित्ने खेलाडीहरुलाई शुक्रबार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने कार्यक्रम रहेको उनले जानकारी दिए ।