मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वरिष्ठ पत्रकार
रमेश दवाडी
२०७६ मङ्सिर २६ बिहीबार ११:२४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बुढो हुँदै गएपछि बानी सुधारेँ : गोकुल पोखरेल

Read Time : < 1 मिनेट
रमेश दवाडी
२०७६ मङ्सिर २६ बिहीबार ११:२४:००

आजकल विषाक्त खानपान र विलासी जीवनशैली बढेको देख्छु । लामो आयु जिउन सादा खानपान, व्यायाम, उचित व्यवहार गर्नुपर्छ । ठग्ने, ढाँट्ने गर्नुहुँदैन । दूषित भावना मनमा आउनुहुँदैन । यसकोे प्रत्यक्ष प्रभाव शरीरमा पर्ने रहेछ । 

म १९९३ मा जन्मेको हुँ । १ पुसबाट ८५ वर्षमा प्रवेश गर्दै छु । उच्च रक्तचाप, मधुमेह र दमको रोग छ । समय–समयमा सुत्न, उठ्ने, खाने र काम गर्ने बानीले मलाई सहज बनाएको छ । बुढो हुँदै गएपछि मैले यस्तो बानीको विकास गरेको हुँ ।

तरकारी–फलफूल आफैँ किन्छु 
बिहान पाँच बजे उठ्छु । टेलिभिजन हेर्छु । रेडियो सुन्छु । ६ बजे दूधको चिया पिउँछु । त्यसभन्दा पहिले पानी पिउँछु । नसा र हाड कमजोर भएकाले हल्का एक्सरसाइज गर्छु, झन्डै ४५ मिनेटजति । हिँडडुल गर्न रुचाउँछु । सकेसम्म डिँड्छु । तरकारी र फलफूल आफैँ किन्छु । 

मुख बार्छु 
पहिले पिरो खान्थेँ, मांसाहारी थिएँ । अहिले मुख बार्छु । दाल, भात, तरकारी, अचार, मोही र दूध–दही खान्छु । बिहान आठ बजे ओट्स खान्छु । ११ बजे खाना खान्छु । दुई घन्टा आराम गर्छु । एकबजे फलफूल खान्छु । दुई बजे खाजा खान्छु । बेलुकी ७ः३० मा खाना खान्छु । कहिले भात कहिले रोटी खान्छु । 

जनस्वास्थ्यमा सरकार गैरजिम्मेवार
जनस्वास्थ्यप्रति सरकार जिम्मेवार छैन । सरकारको चासो जनस्वास्थ्यमा हुनुपर्ने हो, तर त्यो देखिँदैन । हामीले हरेक कुरामा विदेशी मापदण्डको नक्कल गरेका छौँ । ज्येष्ठ नागरिक र सरकारबीचको तादाम्यता हुनुपर्ने हो, तर त्यसमा ध्यान पुगेको छैन । ज्येष्ठ नागरिकलाई मुलुकभित्रै उचित सेवासुविधा हुनुपर्छ ।