Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार ११:२२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी हट्छ डार्क सर्कल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार ११:२२:००

पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखा पर्छ । जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कारणले आँखा वरिपरि डार्क सर्कल देखापर्ने गर्छ । 

  •  भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटानिङमा मद्दत गर्छ । 
  •  भिटामिन ‘सी’ले दिमागमा सेराटोनिननामक रसायन उत्पादन गर्छ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल विस्तारै हट्दै जान्छ । 
  •  अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउजस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।
  •  आँखा वरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ । कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ । 
  •  सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । 
  •  भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।