१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २६ बिहीबार ११:०७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

स्वस्थ रहन यस्तो खानपान

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २६ बिहीबार ११:०७:००

 

 बिनिता पन्त
पोषणविद्

स्वस्थ जीवनका लागि जीवनशैली र खानपान ध्यान दिन आवश्यक छ । खानपानमा पूर्णरूपमा सचेत रहन सकेमा मात्रै अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । तर, अस्वस्थ जीवनशैली जिउँनु, खानपानमा ध्यान नदिनु र आवश्यक व्यायामसमेत नगर्नु जस्ता कारणले पछिल्लो समयमा स्वास्थ्य जटिलताहरू बढ्दै गइरहेका छन् । 

अधिकांश सहरिया मानिसलाई स्वस्थ खानपान र पौष्टिक आहारबारे जानकारी छ । यद्यपि, स्वास्थ्यका लागिभन्दा स्वादका लागि खानेकुरा खाने प्रवृत्तिका कारण मानिसको स्वास्थ्य बिग्रँदै गएको छ । यसर्थ, स्वस्थ रहन यस्तो खानपान गर्न जरुरी छ ।

सन्तुलित भोजन
व्यक्तिको उचाइ, तौल, कार्य प्रकृति, जेन्डर, उमेर र स्वास्थ्य अवस्थाका आधारमा शरीरलाई चाहिने शक्ति लिन खाइने खाना सन्तुलित आहार हो । सामान्यतया पाँचवटा खाद्यसमूह अर्थात् अन्न, दाल र गेडागुडी, फलफूल र तरकारी, माछा, मासु, अण्डा र दुग्धपदार्थ, चिल्लो र गुलियो खाद्यवस्तु आवश्यक मात्रामा मिलाएर  खाँदा आहार सन्तुलित हुने गर्छ । दिनभरिमा शरीरलाई चाहिने क्यालोरीका लागि उल्लेखित सबै खाद्यवस्तु खान आवश्यक छ । 
पौष्टिक तत्व 
दिनहुँ खाइने खानामा आवश्यक मात्रामा पौष्टिक तत्व हुन आवश्यक छ । एउटै खानेकुरा धेरै खानु, जंकफुड र फास्टफुडको बढी प्रयोग गर्दा शरीरलाई आवश्यक पौष्टिक तत्वको कमि भइरहेको हुन्छ । यसका लागि काब्रोहाइड्रेट, भिटामिन, प्रोटिन, फाइबर, चिल्लो, खनिजतत्व, क्याल्सियम, फलाम, आयोडिन, फ्लोरिन, पानी र फोलेट जस्ता सबै पोषकतत्व समावेश हुन जरुरी हुन्छ । 
फाइबरयुक्त खाना
खाजाको रूपमा खाइने अधिकांश परिकार मैदाबाट बनेका हुन्छन् । जसले शरीरमा चाहिने आवश्यक तत्व परिपूर्ति गर्न सक्दैन । रगतमा चिल्लोपना बढ्ने, फ्याटीलिभर, डाइबिटिज र मोटोपनाको समस्या हुन्छ । हाम्रो शरीरलाई २० देखि २५ ग्रामसम्म फाइबर आवश्यक हुन्छ । तर, हामीले सामान्य खानेकुरा खाने गरेमा आवश्यक फाइबर परिपूर्ति हुन सक्दैन । तसर्थ, दैनिक खानामा गहुँको रोटी, कोदो, फापर, सागपात, दाल र गेडागुडीजस्ता फाइबरयुक्त खानेकुरा समावेश गर्नुपर्छ । 


कार्बोहाइड्रेट कम खाने
प्रविधिको विकाससँगै हाम्रो जीवनशैली विलासी हुन थालेको छ । अधिकांश मानिस एकै ठाउँमा लामो समय बसेर काम गरिरहेका हुन्छन् । कुनै पनि किसिमको व्यायाम हुँदैन । जसले गर्दा क्यालोरी एकदमै कम खपत भइरहेको हुन्छ । यसले मोटोपनाको समस्या हुने, मधुमेह, चिल्लोपना बढ्ने र उच्च रक्तचापजस्ता जटिलता हुने गर्छन् । कार्बोहाइडेट र अति क्यालोरीयुक्त खानेकुराले मोटोपना निम्त्याउँछ । तसर्थ, शारीरिक काम बढी नगर्ने व्यक्तिले कार्बोहाइड्रेटजन्य खानेकुरा कम मात्रामा खानुपर्छ । 
पानी र फलफूल
शरीरलाई स्वस्थ खानपानसँगै प्रशस्त पानी पनि आवश्यक हुन्छ । शरीरभर पौष्टिक तत्व पु-याउन, अनावश्यक तत्व बाहिर निकाल्न र न्यानोपना कायम राख्न पानी अत्यावश्यक हुन्छ । दैनिक कम्तीमा एक वा दुईवटा फलफूल खान सकिन्छ । जसले शरीरमा आवश्यक पौष्टिक तत्व परिपूर्ति हुन्छ । अर्थात् व्यक्तिको स्वास्थ्य स्थिति, लिंग, तौल, उचाइ र उमेर आदिको आधारमा निश्चित आहार निर्धारण गर्न आवश्यक हुन्छ ।