Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल इन्जिनियरिङ कलेजको अनियमितता छानविन गर्न संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १२:५८:००

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा आइतबार बसेको बैठकमा उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सदस्य योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमितिले सो कलेजमा व्यापक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बैठकमा पेश गरेको थियो । 

सोही प्रतिवेदनलाई अनुमोदन गर्दै कलेजमा भएको अनियमितताबारे छानवीन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा छानवीन समिति गठन गरी कामकार्वाही अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति जयपुर घर्तीमगरले जानकारी दिए । छानवीन समितिमा स्थानीय जिल्ला प्रशासन कार्यालयका एक जना प्रतिनिधिलाई अनिवार्य समावेश गर्न पनि सरकारलाई निर्देश गरिएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सो कलेजमा करोडौंको भ्रष्टाचार देखिएको उल्लेख छ । कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले आफूखुसी करोडौं खर्च गर्न पाउने गरी निर्णय गरिएको उल्लेख गर्दै उपसमितिमा संयोजक भट्टराईले त्यसको छानवीनका लागि निर्देशन दिन समितिलाई सिफारिस गर्नु परेको स्पष्ट पारे ।