Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुरेन्द्र कुमार कामति
२०७५ पौष २९ आइतबार १२:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

सिरहाबाट २२ किलो गाँजा बरामद 

Read Time : < 1 मिनेट
सुरेन्द्र कुमार कामति
२०७५ पौष २९ आइतबार १२:५२:००

प्रहरीले सिरहाबाट तयारी अवस्थामा लुकाई राखेको लागूऔषध गाँजा बरामद गरेको छ । भगवानपुर गाउँपालिका १ कल्याणपुरका विरेन्द्र यादवको घरबाट प्रहरीले २ वटा बोरामा राखिएको २२ किलो लागुऔषध गाँजा बरामद गरेको हो । 

बलान नदिको छेउमा रहेको यादवको घरमा गाँजा लुकाएको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापा नेतृत्वको प्रहरी टोलीले खोजतलास गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता माधवराज खरेलले बताए ।

गाँजा बरामद गरिएपनि मानिस पक्राउ गर्न नपाएको प्रहरी प्रवक्ता खरेलले बताए । तयारी अवस्थामा रहेको उक्त गाँजा भारत तस्करी गर्न राखिएको प्रहरीको भनाई छ । गाँजा बरामद भएको स्थान भारतीय बजार लौकहादेखि ४ किलोमीटरको दुरीमा पर्छ ।

सिरहामा प्रहरीले पटक पटक गाँजा खेती नष्ट गर्दै आएको छ । तर सिरहाको चुरे क्षेत्र र उदयपुरमा उत्पादन हुने गाँजा भारत तस्करी हुँदै आएको छ ।