मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिपेन्द्र ढुंगाना
२०७६ मङ्सिर २५ बुधबार २०:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सिहंदरबार पुनर्निर्माणको ८० प्रतिशत काम सकियो (फोटोफिचर)

Read Time : < 1 मिनेट
दिपेन्द्र ढुंगाना
२०७६ मङ्सिर २५ बुधबार २०:४५:००

२०७२ को भूकम्पमा क्षतिग्रस्त भएको सिहंदरबार पुनर्निर्माणको काम धमाधम चलिरहेको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार सिहंदरबार रेट्रोफिटिङ(प्रवलिकरण)को काम दुई खण्डमा भईरहेको छ । 
प्राधिकरणका प्रवत्ता गोपाल प्रसाद अर्यालका अनुसार सिहंदरबारको पूर्वी, उत्तरी र दक्षिणी भागको ८० प्रतिशत काम सकिएको छ । 

सिहंदरबार मुल भाग अर्थात पश्चिमी भागको प्रवलिकरण भने भर्खर सुरु भएको छ । प्राधिकरणले २०७८ असोजसम्म पुन निर्माण सक्ने लक्ष्य लिएको छ ।सिहंदरबार पुन निर्माणमा करिब साढे ६९ करोड रुपैयाँ लागत लाग्ने अनुमान प्राधिकरणले गरेको छ । प्राधिकरणका अनुसार पूर्वी, उत्तरी र दक्षिणी भाग पुन निर्माणमा २६ करोड ७१ लाख र पश्चिमी भाग पुन निर्माणमा ४१ करोड ७८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

दरबारको मुल भाग अर्थात पश्चिमी भागमा भूकम्पले बढी क्षति पुर्याएका कारण पश्चिमी भाग पुन निर्माण गर्न बढी समय लाग्ने प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार दरबारको पूवी, उक्तरी र दक्षिणी भाग चाँडै तयार हुने छ भने पश्चिमी भाग तयार हुन अझै केही समय लाग्ने छ ।

तस्बिर : दिपेन्द्र ढुंगाना