मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रुपचन्द्र अधिकारी
२०७६ मङ्सिर २५ बुधबार २०:०३:००
Read Time : > 3 मिनेट
ब्लग

आत्मरतिले किचेको विकास र संस्कार

Read Time : > 3 मिनेट
रुपचन्द्र अधिकारी
२०७६ मङ्सिर २५ बुधबार २०:०३:००

आजको विश्व परिवेशमा विकास भन्दा बढी रुपान्तरणका नाराहरु गुन्जिन थालेका छन् । विकासलाई संकुचित र रुपान्तरणलाई बृहत अर्थमा लिने गरिएको छ । तर नेपाल जस्ता अतिकम विकसित मुलुकहरुमा आर्थिक र भौतिक रुपमा मात्र विकासको बहस हुँदैन । सामाजिक रुपान्तरणका समेत ठूलै होर्डिङ बोर्ड टाँगिन्छ । तर, आँखाले नियाल्न मिल्ने भौतिक पूर्वाधारहरुमा समेत अपेक्षाकृत उपलब्धि हासिल हुन सकिरहेको छैन । 

नेपाली जनताको लामो संघर्षबाट लोकतान्त्रिक व्यवस्थाको उच्च र हालसम्म विकल्प फेला नपरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भइसकेको छ । जसले सिद्धान्ततः आदर्श शासनका सबै मूल्य र मान्यतालाई अँगालेको हुन्छ । तर पनि हामी रुपान्तरणका नारा लिएर विकास गर्न भने सकिरहेका छैनौं ।

विश्वमा केही मुलुकहरु आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका हिसाबले आगाडि छन् । त्यस्ता केही मुलुकको उदाहरण लिनु उपयुक्त हुन्छ । 

विकाससिद्ध भएका केही जबरजस्त परिवर्तनहरु 
हुन त हामी क्रान्ति भन्ने बित्तिकै परिवर्तनका निम्ति भएका विद्रोहहरुलाई बुझ्ने गर्छौँ । तर विश्वमा विद्रोह नगरी  परिवर्तन सम्भव भएका छन् । चाहे ति राजनीतिक चेतनासँग सम्बन्ध राख्ने हुन्, या त नितान्त नागरिकको जनजीवन परिवर्तन गर्ने बिषयसँग सम्बन्धित हुन् । तिनै मध्ये पर्दछ, औद्यागिक क्रान्ति ! जसले १८ औँ सताब्दिको मध्यदेखि १९ औँ सताब्दिको मध्यसम्ममा युरोपमा यन्त्र उपकरणहरुको आविस्कारलाई प्रोत्साहन ग¥यो । युरोप त्यही बेला आधुनिक÷औद्योगिक युगमा प्रवेश ग¥यो । जसले गर्दा आज समग्र युरोप विकासको केन्द्र बन्न पुगेको छ । 

युरोपकै राजनीतिक परिवर्तनका लागि एक आधारका रुपमा रहेको अर्को घटनाको रुपमा पुनर्जागरणलाई  लिन सकिन्छ । युयानी र रोमको सभ्यतालाई भुल्न पुगेर सिर्जित अध्ययन, खोज, चिन्तन, वैज्ञानिक सोच, अनुसन्धान, कला र संस्कृति जोगाउन युरोपेली जनता सक्रिय भएको कालखण्डलाई पुनर्जागरणका नामले चिनिन्छ । जसले युरोपको गौरवपूर्ण स्वर्णीम अतितलाई पुनः जिवित पार्ने कार्य ग-यो । 

उक्त घटनाले अन्धविश्वासी चर्च र सामन्त वर्गबाट जबरजस्त लादिएका परम्परा अस्वीकार गरी प्राचिन सभ्यताको जगमा नयाँ संस्कृति र चिन्तनको बिजारोपण गर्यो । 

मानवताको स्तर क्षीण हुँदैछ । घरको फराकिलो आँगनमा तुलसीको मठ हुने कुरा शहरको २ कोठामा खुम्चिएको छ । बा–आमाले बृद्धाश्रम भरिँदो अवस्था छ । धर्म गुरुहरु बलात्कारको खेती गर्न थालेका छन् 

राजनीतक व्यवस्थासँग प्रत्यक्ष जोडिएको अर्को एउटा घटना हो, गौरवमय क्रान्ति ! बेलायतमा सन् १६८० को दशकमा भएको उक्त क्रान्तिमा विना रक्तपात बिल अफ राइटमा हस्ताक्षर भई संवैधानिक राजतन्त्रको व्यहारिक अभ्यास सम्भव भएको थियो । यि घटनाहरु बाहेक सन् १७६५ मा अमेरिकामा व्रिटिशले लागु गरेको स्टाम्प एक्टबाट चुलिँदै गएको अमेरिकी नागरिकको असन्तोष अमेरिकी स्वतन्त्रता संग्र्रामको (सन् १७७५-१७८९) रुपमा रुपान्तरण भएको थियो । त्यहि संघर्षबाट स्वतन्त्र भएको अमेरिका आज विश्वमा शक्तिशाली राष्ट्रको रुपमा चिनिन्छ । 

युरोप कै अर्को विशाल मुलुक रुसमा सन् १९१७ मा रुसी अक्टोबर क्रान्ति मार्फत् निरंकुश जार शासनको विरुद्धमा सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नुका साथै आर्थिक समानताका लागि साम्यवादको प्रचार प्रसार हुने माध्यम बन्न पुग्यो । यी घटना बाहेक भारतीय स्वतन्त्रता संग्राम, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, चीनियाँ सांस्कृतिक जनक्रान्ति लगायत थुपै्र घटनाहरुले विभिन्न मुलुकको विकासको गतिमा एक प्रकारको छलाङ मारेको पाइन्छ । 

नेपाली संस्कारमा आएको ह्रास
माथिका प्रतिनिधि घटनाहरुबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि, अग्रगामी छलाङ मार्न परिवर्तनकारी कदम आवश्यक हुन्छ । जसको उपयाेग गर्दै आज अमेरिका, समग्र युरोप, चीन, भारत आदि मुलुकहरु विज्ञान, प्रविधि, आविस्कार र विकासमा अग्रपंक्तिमा छन् । 

हामी नेपाली भने आफ्ना पिता पूर्खाले गरेका आविष्कारहरु ध्यान, योग, आयुर्वेद, परम्परा, भेषभुषा, मातृभाषा, संस्कृति, चालचलन, चाडपर्व, आदि भुलेर देखावटि संस्कारमा रमाइरहेका छौँ । सट्टामा तिनै विकसित मुलुकबाट आयात भएका स्मार्ट फोनमार्फत् फेसबुक, इन्सटाग्राम आदिका लाइक र कमेन्टमा अल्झिएर विदेशी बजार र संस्कारलाई अँगाल्दैछौँ ।

मानवताको स्तर क्षीण हुँदैछ । घरको फराकिलो आँगनमा तुलसीको मठ हुने कुरा शहरको २ कोठामा खुम्चिएको छ । बा–आमाले बृद्धाश्रम भरिँदो अवस्था छ । धर्म गुरुहरु बलात्कारको खेती गर्न थालेका छन् । 

यति हुँदाहुँदै पनि पशुपतिनाथमा दर्शन गर्न जाँदा घण्टौँ लाइन बस्नुपर्छ ! आखिर आजका मानिसहरु केका लागि मन्दिर जान्छन् ? आस्था र विश्वास भएर आर्शिवाद लिन भए त पक्कै ज्ञान, बुद्धि, विवेक माग्नु पर्दो हो ! त्यसो हुँदो हो त समाजमा किन यति धेरै नैतिकताको खडेरी ? धर्म भन्ने शब्द आफैँमा महत्वपूर्ण छ । रामनाम ! अल्लाह ! बुद्धम शरणम गछ्यामी ! प्रभु ! को नामोच्चारण गर्दैमा धर्म हुँदैन । यो रित त केवल आत्मरतिमा रमाउने माध्यम मात्र हो । 

धर्मको अर्थ अरुको हानी नगर्नु, रिस डाह, घमण्ड, अहंकार, चोरी, हत्या नगर्नु हुन्छ । तर आज हाम्रा माझ पैसाले धर्मको किनबेच हुन्छ । यो अवस्थामा कुनै पनि धर्मको मर्म बच्न सक्दैन । तसर्थ युरोपको पुनर्जागरणकालमा भएको प्राचिन सभ्यताको जगमा नयाँ संस्कृति हाल्ने पालो हाम्रो काँधमा आएको छ । 

विकासको अबको बाटो
विकासका लागि सुहाउँदो शासन व्यवस्था र स्थिर सरकार हुँदा पनि अर्थतन्त्रमा पूँजीगत खर्चको हिस्सा कमजोर रहनु, चालु खर्चमा भएको बृद्धि र त्यसमाथि पूँजीगत खर्च गर्ने क्षमता र योग्यता कमी हँुँदा अझै आशातित उपलब्धि हासिल हुन सकेको छैन । अव विकास मात्र गरेर सुख छैन, दिगो विकास हुनुपर्छ ।

भावी पुस्ताको जीवनयापनमा असर नपर्नेगरी विकास गर्नुपर्ने समयमा विकास योजनामा राजनीति र प्रशासनले जुहारी खेलेर समय बर्बाद गर्ने संस्कार अन्त्य गर्नुपर्दछ । अँध्यारो हटाउन उज्यालो पर्खिदा समय घर्किन्छ । फेरि एक पटक सोच्ने बेला आएको छ, अब आत्मरतिमा रमाउने संस्कार परिवर्तन गर्नैपर्छ ।
 

याे पनि ः सभ्यता विमुख हुँदै नेपाली समाज