मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर २५ बुधबार ०७:४९:००
Read Time : < 1 मिनेट
साहित्य

आइएमई नेपाल साहित्य महोत्सव शुक्रबारदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर २५ बुधबार ०७:४९:००

आइएमई नेपाल साहित्य महोत्सव २०१९ को आठौँ संस्करण शुक्रबारदेखि पोखरास्थित फेवाताल किनारमा हुने भएको छ । बुकवर्म फाउन्डेसन र -यान्डम रिडर्स सोसाइटीको आयोजना तथा आइएमई ग्रुपको मुख्य प्रायोजनमा महोत्सव हुन लागेको हो । लेकसाइडस्थित बाराहीघाटमा हुने महोत्सव ३० मंसिरसम्म चल्नेछ । १–४ भदौ ०६८ मा ललितपुर झम्सिखेलस्थित ज्ञानमण्डलाको सानो प्रांगणबाट महोत्सव सुरु भएको थियो । ०७२ सालदेखि यो महोत्सव पोखरामा आयोजना हुँदै आएको छ ।

महोत्सवमा देशी–विदेशी साहित्यकार, लेखक, कलाकार, सम्पादक, सेलेब्रिटीलगायतको सहभागिता रहनेछ । साहित्य, कला, संस्कृतिलगायत विषयका ३८ सेसन र थप रोचक सामग्री समावेश हुने महोत्सवका निर्देशक अजित बरालले जानकारी दिए । लेखक, कलाकार, गीतकार, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी, पत्रकार र विचारक गरी एक सय १० वक्ताले विभिन्न विषयमा छलफल गर्नेछन् । साथमा, पुस्तक प्रदर्शनी, विमोचन र हस्ताक्षर कार्यक्रम समावेश गरिएको छ ।

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको ‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’ विषयमा विद्वत प्रवचनसँगै महोत्सव सुरु हुने ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए । महोत्सवमा यस वर्ष युवा र नवोदित, नसुनिएका र मूलधारमा नआएकाहरूको आवाज समेट्न खोजिएको महोत्सवका संयोजकमध्ये एक शिवानीसिंह थारूले जानकारी दिइन् । यस वर्ष दक्षिण एसियाली साहित्यको सर्वोत्कृष्ट डिएससी पुरस्कार पनि प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षयता प्रदान गर्दै आएको छ ।