Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
समृद्धि दाहाल काठमाडाैं
२०७६ मङ्सिर २५ बुधबार ०७:०८:००
Read Time : > 1 मिनेट
ब्लग

पर्यटनमन्त्रीलाई खुला पत्र

Read Time : > 1 मिनेट
समृद्धि दाहाल काठमाडाैं
२०७६ मङ्सिर २५ बुधबार ०७:०८:००

माननीय मन्त्रीज्यू, नमस्कार !
केही दिनअघि हामी स्कुलबाट शैक्षिक भ्रमणका लागि बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थियौँ । हामी लुम्बिनी जान पाउँदा जति खुसी भइरहेका थियौँ, भैरहवादेखि लुम्बिनीसम्मको सडक पार गर्दा त्यति नै दुःखी हुन पुग्यौँ । भैरहवादेखि लुम्बिनीसम्मको सडकको लम्बाइ लगभग २२ किलोमिटर रहेछ । तर, त्यो २२ किलोमिटर सडक पार गर्दा हामीलाई काठमाडौंदेखि भैरहवासम्मको सडकको दूरी पार गरेभन्दा बढी सकस भयो । 

माननीय मन्त्रीज्यू, नेपाल भ्रमण वर्ष २०२० छिटै सुरु हुँदै छ । नेपाल आउने पर्यटकमध्येको ठूलो संख्या पक्कै पनि बुद्ध जन्मस्थल लुम्बिनी पुग्छ र पुर्‍याउनु पनि पर्छ । तर, भैरहवा–लुम्बिनी सडकको दुरवस्था देख्दा भने हामीलाई त्यहाँ कुनै पनि पर्यटक नपुगून् जस्तो लाग्यो । सडक निर्माण भइरहेको छ । ठाउँठाउँमा डाइभर्सन बनाएर सडकको एकै छेउबाट सवारी चल्ने व्यवस्था मिलाइएको छ । कच्ची सडकमा उड्ने कुइरीमण्डल धुलोले सास फेर्न पनि मुस्किल पर्छ । 

नेपाल भ्रमण वर्ष छिटै सुरु हुँदै छ । यस्तो अवस्थामा ती पुल कहिले र कसरी पूरा होलान् मन्त्रीज्यू ? अनि सो सडक कहिले पिच भइसक्छ ? मन्त्रीज्यू, तपाईंहरूले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने विदेशी पाहुनाले बुद्ध जन्मस्थल पुग्ने यो सडक र यी दुई पुल देख्दा कस्तो सन्देश प्रवाह गर्लान् ? के तपाईंहरूलाई यसको कुनै चिन्ता छैन ?

यतिसम्म त सजिलै झेलिएकै थियो । निर्माण भइरहेको सडकमा यस्तो हुनु स्वाभाविकै पनि हो । सायद केही समयमा सडक निर्माणले पूर्णता पाउँछ पनि होला । तर, जब हामीले सो सडकखण्डमा तिनाउ र डोन्डाखोलामाथि निर्माणाधीन पुल देख्यौँ, हामीलाई सारै दुःख लाग्यो । खोलाको बीचतिर केही मिटर लामो पुल बनेको रहेछ, तर त्यसले कहिले पूर्णता पाउने हो, त्यसको कुनै टुंगो छैन । पुलको छेउमा ठडिएको बोर्डमा लेखिएअनुसार ती दुवै पुलको म्याद थपसहित ०७५ असार २५ भित्रै निर्माण सम्पन्न भइसक्नुपर्ने रहेछ । पप्पु वागमती जेभी काठमाडौंले ठेक्का पाएको रहेछ । तर, अघिल्लो वर्ष २५ असारभित्रै निर्माण सम्पन्न भइसक्नुपर्ने ती दुवै पुल अहिलेसम्म अलपत्र अवस्थामा छन् । यी दुवै निर्माणाधीन पुलसँगै रहेका पुराना पुल निकै साँघुरा रहेछन् । पुलबाट एकतर्फी सवारी मात्र सञ्चालन हुन सक्ने रहेछ । हामीले त्यहाँ निकै लामो जामको सामना गर्नुपर्‍यो । 

नेपाल भ्रमण वर्ष छिटै सुरु हुँदै छ । यस्तो अवस्थामा ती पुल कहिले र कसरी पूरा होलान् मन्त्रीज्यू ? अनि सो सडक कहिले पिच भइसक्छ ? मन्त्रीज्यू, तपाईंहरूले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने विदेशी पाहुनाले बुद्ध जन्मस्थल पुग्ने यो सडक र यी दुई पुल देख्दा कस्तो सन्देश प्रवाह गर्लान् ? के तपाईंहरूलाई यसको कुनै चिन्ता छैन ?

समृद्धि दाहाल, कक्षा – ७
मोक्षदा स्कुल, कुमारीगाल, काठमाडौं