Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २४ मंगलबार १६:२४:००
Read Time : < 1 मिनेट
समाचार

पूर्व प्रधानमन्त्री नेपाल निर्वाचन क्षेत्रका सडक अनुगमनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २४ मंगलबार १६:२४:००

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका नेता माधवकुमार नेपालले  मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा भइरहेको सडक निर्माणको अनुगमन गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको सडक निर्माणको अनुगमनको क्रममा उनले कागेश्वरी मनोहरा ६ मा आफैं बसेर कालोपत्रे भइरहेको निरीक्षण गरेका थिए ।

नेपालसँगै नगरपालिकाका मेयर कृष्णहरी थापा पनि थिए । सडक अनुगमनपछि नेता नेपालले विकास निर्माणकाे काममा कुनै सम्झौता नहुने बताए । उनले विकास निर्माणको काम तिव्र गतिमा अघि बढीरहेको उल्लेख गर्दै राम्रो गर्नेलाई काममा सहयोग गर्ने आश्वासन दिए ।

मेयर थापाले निर्वा्चित जनप्रतिनिधि आएपछि विकासको काममा उल्लेख्य प्रगती भएको दाबी गरे ।