Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार १४:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

घुस लिने दोलखाका सिडिओ निलम्बित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार १४:४१:००

मुद्दाका अभियुक्तसँग धरौटी रकमका नाममा घुस लिने दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकार (सिडिओ) खगेन्द्र प्रसाद रिजाल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

अभद्र व्यवहारसम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएका थिए । पछि विवाद भएपछि उनले सार्वजनिक गरेका थिए । गृह मन्त्रालयले उनलाई गत बिहीबार नै हटाइसकेको छ । सो घटनाको अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । उपसचिव रिजाल यसअघि अख्तियारमा सहायक प्रवक्ताका रुपमा कार्यरत थिए ।