मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार ०९:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

छालामा वायु प्रदूषणको असर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार ०९:२२:००

 डा. सविना भट्टराई
छालारोग विशेषज्ञ
काठमाडौं मेडिकल कलेज

बढ्दो वायु प्रदूषण अहिलेको मुख्य समस्या हो । हावामा मिसिएका रासायनिक पदार्थ, धुवाँ र धुलोका कारण मानव स्वास्थ्यमा गम्भीर असर देखिन थालिसकेको छ । नेपाल पनि वायु प्रदूषणको उच्च जोखिममा रहेको देश हो । ‘इन्भाइरोमेन्ट पर्फर्मेन्स इन्डेक्स–२०१८’का अनुसार नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र पर्छ ।

वायु प्रदूषणले छाीत, फोक्सो र श्वास–प्रश्वासमा मात्रै नभई छालामा पनि उत्तिकै असर पार्छ । अनुहार, हातगोडाजस्ता खुला रहने अंगको छाला वायु प्रदूषणबाट तुलनात्मक रूपमा बढी प्रभावित हुन्छन् । गाडीबाट निस्किने धुवाँमा कार्बनडाइअक्साइड, आगोबाट आउने कार्बन मोनोअक्साइड, कार्बन, धुलो, कारखानाबाट निस्कने रासायनिक पदार्थ र खेतीबालीमा प्रयोग गरिने केमिकलका कारण हुने प्रदूषणले वायु प्रदूषित हुन्छ । ती सबैको सीधा असर छालामा परिरहेको हुन्छ ।

छाला सुक्खा हुने, एलर्जी, चिलाउने, छाला संवेदनशील बन्दै जाने, रङ परिवर्तन हुने, कालो धब्बा आउने र कपालमा समस्या देखिन्छ । लामो समय धुवाँधुलोमा बस्नेहरू छालाको समस्याको बढी जोखिममा हुन्छन् ।काठमाडौंजस्तो अत्यधिक प्रदूषित क्षेत्रमा बस्ने मानिसमा एजिङको समस्या देखिन थालिएको छ । हावामा मिसिएका रासायनिक पदार्थका कारण छाला समयअघि नै बुढो देखिन्छ ।

छाला सुक्खा हुने, एलर्जी, चिलाउने, छाला संवेदनशील बन्दै जाने, रङ परिवर्तन हुने, कालो धब्बा आउने र कपालमा समस्या देखिन्छ । लामो समय धुवाँधुलोमा बस्नेहरू छालाको समस्याको बढी जोखिममा हुन्छन् ।

कसरी बच्ने ?
धुवाँधुलोबाट बच्न बाहिर हिँड्दा मास्क वा गगल्सको प्रयोग गर्न सकिन्छ । यस्तै, धुवाँधुलोको असरबाट बच्न मोस्चराइजरको प्रयोग गर्नुपर्छ । छालामा असर पर्दा कपाल झर्ने, टुक्रिनेजस्ता समस्या देखिन्छन् । त्यसैले कपाल धुँदा राम्रो स्याम्पुको प्रयोग गर्नुपर्छ, जसले टाउकोको छालामा असर पर्नबाट जोगाउँछ ।

नियमित प्रशस्त पानी र मौसमी फलफूल खानुपर्छ, जसबाट छाला स्वस्थ राख्न मद्दत पुग्छ । जाडोयाममा पाइने अमिला फलफूलहरूमा एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ । जाडोमा हावामा प्रदूषणको मात्रा पनि स्वतः बढ्ने हुँदा यस्ता मौसमी फलफूल खान आवश्यक हुन्छ ।

प्रदूषण बढी हुने क्षेत्रमा बस्ने मानिसले दिनका कम्तीमा दुई–तीनपटक साबुनपानीले मुख धुनुपर्छ । सुत्ने वेलामा पनि मुख धोएर मोस्चराइजरको प्रयोग गर्दा छालाको समस्याबाट बच्न सकिन्छ ।