मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार ०८:२५:००
Read Time : < 1 मिनेट
साहित्य

सत्यमोहनलाई पृथ्वी प्रज्ञा पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार ०८:२५:००

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई यस वर्षको पृथ्वी प्रज्ञा पुरस्कार हस्तान्तरण गरेकी छन् । उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चार वर्षमा प्रदान गर्दै आएको छ । नेपाली वाङ्मय परम्परामा गहन, प्राज्ञिक र सिर्जनात्मक योगदान पुर्याएबापत चार लाख रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहितको उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यस्तै, नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति, दर्शन पुरस्कार प्रा.डा. त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरिएको छ । यसैगरी, नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. टंकप्रसाद न्यौपाने, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार मदन रेग्मी र भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार अमर तुम्याहाङ, अयोध्यानाथ चौधरी, अमृत योञ्जन तामाङ र अशोक थारूलाई जनही एक–एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय कविता महोत्सव–२०७६ मा प्रथम भएका धादिङका हेम प्रभासलाई ‘परदेश गएका पतिका नाममा’ कविताबाट ३० हजार रुपैयाँ, पदक र सम्मानपत्रसहित प्रथम पुरस्कार प्रदान गरियो । द्वितिया पुरस्कार कवि सुवासचन्द्र भण्डारी २५ हजार रुपैयाँ, पदक र सम्मानपत्र तथा तृतिय पुरस्कार प्रज्वल अधिकारी, शान्ति शर्मा र प्रकाश बस्नेतलाई जनही २०–२० हजार रुपैयाँ, पदक र सम्मानपत्र प्रदान गरिएको थियो ।