१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २४ मंगलबार ०८:१२:००
Read Time : > 1 मिनेट
अर्थ

आगामी असारदेखि फास्ट ट्र्याक निर्माण सुरु

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २४ मंगलबार ०८:१२:००

१२ स्थानमा एकैसाथ काम थालेर २०८१ भित्र आयोजना सम्पन्न गर्ने सेनाको योजना

नेपाली सेनाले कात्तिक ०७७ असारदेखि राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु गर्ने भएको छ । त्यस अवधिसम्म कुल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ । सेनाले त्यसका लागि ६ वटा परामर्शदार्ता कम्पनी छनोट गरिसकेको छ । आगामी असारसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्माण कम्पनी छनोट तथा सार्वजनिक खरिद प्रक्रिया पूरा गरिने आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले जानकारी दिए ।

परामर्शदाता छनोट भएपछि आयोजनाको काम १२ स्थानबाट एकैसाथ हुनेछ । यसअघि सेनाले १० स्थानबाट काम गर्ने तयारी गरेको थियो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले १२ स्थानमा एकैसाथ काम गरेपछि २०८१ भित्र आयोजना सम्पन्न हुने बताए । ‘न्यूनतम ३ देखि साढे ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने कार्ययोजना छ,’ आयोजना प्रमुख श्रेष्ठले भने । यो लक्ष्य हासिल गर्न अत्यावश्यक निर्माण सामग्रीको अभाव हुन नहुने सेनाको भनाइ छ । 

 पहाडमा २५ र समथर भूभागमा २७ मिटर चौडाइ
आयोजना प्रमुख श्रेष्ठका अनुसार पहाडमा २५ मिटर र समथर भूभागमा २७ मिटर चौडाइ रहने गरी सेनाले फास्ट ट्र्याक बनाउँदै छ । यसअघि पहाडी भूभाग र समथर ठाउँमा सडकको चौडाइ एउटै राख्ने वा फरक गर्ने स्पष्ट थिएन । आयोजनाको प्रवेश बिन्दु काठमाडौंको खोकना र अन्तिम बिन्दु निजगढ रहने यसअघि नै तय भइसकेको छ । 

सडकको न्यूनतम चौडाइ ४ लेनको हुनेछ । आयोजनामा कुल ८७ वटा पुल रहनेछन् । त्यसमध्ये १६ वटा विशेष खालका र ७१ वटा सामान्य खालका हुनेछन् । । विशेष पुल निर्माण अन्तर्राष्ट्रिय परामर्शदाताको निगरानीमा अन्तर्राष्ट्रिय निर्माण कम्पनीले तयार गर्नेछन् । सबै ठाउँ गरी पुलको मात्र लम्बाइ १० दशमलव ५९६ किलोमिटर रहनेछ । त्यस्तै, कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटर रहने गरी तीनवटा सुरुङ पनि बन्नेछन् । पुल र सुरुङबाहेक बाँकी सडक मार्ग हुनेछ ।

 ५ महिनामा ६ करोड मात्र खर्च 
चालू आर्थिक वर्षका लागि फास्ट ट्र्याकलाई सरकारले १५ अर्ब ७० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, सेनाले मंसिरसम्ममा ६ करोड रुपैयाँ मात्र खर्च भएको जानकारी दिएको छ । गत वर्षहरूको जस्तै चालू आर्थिक वर्षमा पनि विनियोजित बजेट खर्च नहुने सम्भावना उच्च छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने  निर्माण कम्पनी छनोट हुनेबित्तिकै खर्च वृद्धि हुने बताए । ‘अहिले प्रक्रियागत काम भइरहेका कारण पनि वित्तीय प्रगति न्यून रहेको छ,’ उनले भने, ‘काम सुरु भएपछि खर्च वृद्धि हुन्छ ।’