मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार

नेपालको नक्सा सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार १९:३०:००

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको विरोध जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । काठमाडौंको बसन्तपुर डबलीमा नेविसंघका विद्यार्थीहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् । 

‘चिनौँ सीमा, जोगाऔँ माटो’ अभियान संचालन गरेको भन्दै विद्यार्थी नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाए ।  काठमाडौंको बसन्तपुरमा विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका थिए । सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाइ गर्न नहुने भन्दै उनीहरूले वास्तविक नक्सा पाठ्यक्रममा  समेटनु पर्ने बताए । 

कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।