१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार ०१:२०:००
Read Time : < 1 मिनेट
अर्थ

आइएमईको ‘दसैँमा बीस लाख’ योजनामा शिवुले जिते एक लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार ०१:२०:००

रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले चाडपर्वका अवसरमा सञ्चालन गरेको ‘दसैँमा २० लाख’ योजनाअन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । योजनाअन्तर्गत रियामार्फत कतारबाट नेपालमा आइएमई गरेका शिवु झागर ‘लक्की ड्र’बाट तेस्रो महिना (ओजनाको अन्तिम)को विजेता घोषित भएका हुन ।

उनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेल (अन्तर्राष्ट्रिय व्यापार)ले विजेताको सिफारिसमा आफन्त कृष्णगोपाल कुस्मालाई १ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरे ।

गत ७ असोजदेखि जारी योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’बाट ३ जनाले जनही १–१ लाख रुपैयाँ जितेका छन । योजनाअन्तर्गत हरेक दिन १० जनाले ‘आइएमई पे’मार्फत १ हजारबराबरको बिल भुक्तानी, हरेक हप्ता १ जनालाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जनालाई १ लाख रुपैयाँ तथा बम्परमा १ जनालाई २० लाख नगद प्रदान गर्ने कम्पनीले बताएको छ ।