मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पाल्पा
२०७६ मङ्सिर २३ सोमबार ०९:०२:००
Read Time : < 1 मिनेट
समाचार

खानेपानीको ट्यांकीमा युवाको शव फेला

Read Time : < 1 मिनेट
पाल्पा
२०७६ मङ्सिर २३ सोमबार ०९:०२:००

तिनाउ गाउँपालिका–६ मस्याममा आइतबार १६ वर्षीय रविन पुन खानेपानी ट्यांकीभित्र मृत अवस्थामा फेला परेका छन् । गाउँमा खानेपानी नआएपछि पानी खोल्ने कर्मचारी पुगेर हेर्ने क्रममा पुन मृत भेटिएका थिए । उनले शव देखेपछि गाउँलेलाई खबर गरेका थिए ।

खबर भएलगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो । मृतक पुन बिहीबार घरबाट निस्किएका थिए । घटना के कारणले घट्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।