Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अतिक्रमणको चपेटामा परेका जनकपुर–३ किशोरीनगरस्थित देवान पोखरी । तस्बिर : नयाँ पत्रिका
२०७६ मङ्सिर २३ सोमबार ०७:४०:००
Read Time : > 1 मिनेट
प्रदेश

जनकपुरका ऐतिहासिक पोखरी अतिक्रमणको चपेटामा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २३ सोमबार ०७:४०:००

अतिक्रमणकै कारण कतिपय पोखरी लोप, केही वर्षअघिसम्म पोखरी रहेका स्थानमा अहिले ठुल्ठूला महल निर्माण

जनकपुरका धार्मिक तथा ऐतिहासिक महत्वका दर्जनौँ पोखरी तथा सरोवर अतिक्रमणको चपेटामा परेका छन् । अतिक्रमणकै कारण कतिपय पोखरी लोपसमेत भइसकेका छन् । केही वर्षअघिसम्म पोखरी रहेका स्थानमा अहिले ठुल्ठूला महल बनाइएको छ । 

ऐतिहासिक महत्वका पोखरी वर्षाैँदेखि अतिक्रमणको चपेटमा परे पनि सम्बन्धित पक्षले भने त्यसप्रति ध्यान दिएको छैन । धार्मिक महत्वका कतिपय पोखरी व्यक्तिको नाममा दर्ता भएका छन् ।

जनकपुरमा रामसागर, धनुषसागर, गोरधोइ, पुरन्दर सर, लक्की, देवान, रामसागर, मध्यसागर, रत्नसागर, कपाल मोचनी, अरगजा, दशरथ तलाउ, तेलहा मरहालगायत दर्जनभन्दा बढी ठूला पोखरी छन् । यी सबैजसो पोखरी पछिल्लो 

सयम अतिक्रमणको चपेटामा पर्दै गएका छन् । अतिक्रमणका कारण जनक सरोवर, अमृतकुण्ड, गोपाल सर, पयास्विनी सर, बलदेव सरलगायतका पोखरी लोपसमेत भइसकेका छन् ।

रोकियो अभियान 
०७२ सालमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष रामकुमार शर्माले जनकपुरका धार्मिक महत्वमा पोखरीको अतिक्रमण हटाउने अभियान थालेका थिए । करिब दुई सातासम्म अभियान चल्यो । अभियानमा प्रहरी प्रशासनदेखि स्थानीय जनताको व्यापक सहभागिता थियो । तर, बजेट अभावमा अभियान अघि बढ्न सकेन । 

परिषद्का तत्कालीन निर्देशन उमेशकुमार यादवले अभियानका क्रममा दर्जनभन्दा बढी पोखरीको अतिक्रमण हटाइएको बताए । ‘चारैतर्फबाट अभियानमा सहयोग मिलेको थियो, तर बजेट अभावले अभियानलाई अघि बढाउन सकिएन,’ उनले भने ।

त्यतिवेला अतिक्रमण हटाउन सयभन्दा बढी घर भत्काइएको थियो । घर भत्काएको भन्दै अतिक्रमणकारीले परिषद् र गुठी संस्थाविरुद्ध पुनरावेदन अदालत जनकपुरमा मुद्दासमेत दिएका थिए । 

कार्यान्वयन भएन प्रतिवेदन 
जनकपुरका धार्मिक, पोखरी, मठ–मन्दिरलगायतको जग्गाको संरक्षण र व्यवस्थापनका लागि तत्कालीन सरकारले २६ साउन ०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले ४ महिना लगाएर जनकपुरका पोखरी तथा मठमन्दिरको जग्गाको स्थलगत अनुगमन गरी विस्तृत प्रतिवेदन तयार गर्‍यो । तत्कालीन सरकारलाई बुझाइएको प्रतिवेदनमा जनकपुरमा ४९ वटा सार्वजनिक, निजी र पाँचवटा पोखरी लोप भएको उल्लेख छ ।

त्यसैगरी, जनकपुर नगरपालिकाद्वारा ०४८ सालमा तयार पारिएको ‘जनकपुर टाउन प्रोफाइल’मा जनकपुरमा ५८ वटा धार्मिक र २४ वटा माछा पाल्ने निजी पोखरीसहित ८२ वटा पोखरी रहेको उल्लेख छ ।