१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार २१:०६:००
Read Time : < 1 मिनेट
प्रवास

अस्ट्रेलियामा इनासको शाखा विस्तार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार २१:०६:००

अस्ट्रेलियाको भिक्टोरियामा रहेका नेपाली कलाकार तथा साहित्यकारको भेलाले 'अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज' (इनास)को शाखा विस्तार गरेको छ । शाखा विस्तार कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको उपस्थिति रहेको थियो । 

भेलाले आगामी दुई वर्षका लागि अध्यक्षमा गौतम लामिछाने, उपाध्यक्षमा पार्वती पहारी, विराज थापा, सचिवमा उज्ज्वल अधिकारी, कोषाध्यक्षमा अनु पाण्डे, प्रवक्तामा मनोज पौडेल, सदस्यहरुमा अरुण चित्रकार, सुमन गुरुङ, लक्ष्मण सन्ज्याल, ईश्वरी पौडेल र कुमार महर्जनको समिति गठन गरेको छ । समितिको पहिलो बैठकले आवश्यकताअनुसार संरक्षक तथा सल्लाहकारको चयन गर्ने अध्यक्ष लामिछानेले जानकारी दिए ।

इनासको नवगठित कार्य समितिका पदाधिकारीलाई ओसेनियाका कोओर्डिनेटर सुशिल चालिसेले सपथ ग्रहण गराएका थिए । उनले सबै पदाधिकारीलाई बधाई तथा शुभ कामनासहित प्रमाण पत्र वितरण गरेका थिए ।