मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार १८:५७:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपाल बंगलादेशविरूद्ध १-० ले विजयी, फाइनल प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार १८:५७:००

१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलतर्फ नेपाल विजयी भएको छ । आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको हो ।

लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई एक गोलले पराजित गरेको हो । खेलको पहिलो हाफमा नेपालका सुनिल बलले ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका थिए । सोही गोल नै खेलको निर्णयक बनेको थियो ।

आजको जितसँगै नेपाल फाइनल प्रवेश गरेको छ । फाइनल खेल २४ गते स्वर्ण पदकका लागि हुनेछ ।