मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७६ मङ्सिर २२ आइतबार १६:२२:००
Read Time : < 1 मिनेट
खेलकुद

पाैडीमा गाैरिकाकाे ऐतिहासिक तेस्राे स्वर्ण

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार १६:२२:००

१३औं साग ४०० मिटर फ्रिस्टाइल पौडीमा गौरिका सिंहले ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।

४ मिनेट २५.२८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उनले स्वर्ण जितेकी हुन् । भारतीय खेलाडी सिभानी शर्माले ४ मिनेट २६.२२ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन् भने श्रीलंकाकी रमुदी नुरलाले ४ मिनेट ४१.९१ सेकेन्डमा कास्य पदक हात पारिन् । 

यसअघि गौरिकाले बिहीबार दुई सय मिटर फ्रिस्टायलमा नेपाललाई पहिलोपटक व्यक्तिगत इभेन्टमा स्वर्ण दिलाएकी थिइन् । शुक्रबार दुई सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक हात पारिसकेकी छन् ।  त्यस्तै तेस्राे दिन शनिबार भने ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् ।