मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार १६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लागू औषधसहित चिनियाँ नागरिक पक्राउ, सवा २ लाखमा खरिद गरी ५० लाखमा बिक्री गर्ने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार १६:२४:००

प्रहरीले लागू औषध बनाउने रसायनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेकाे छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन इफेड्रिनसहित चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायनसहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको जानकारी दिए । उनले काठमाडौंको एक कार्गोबाट न्युजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम जाँच गर्दा उक्त लागु औषध फेला परेकाे बताए । 

प्रहरी नायव महानिरीक्षक अमात्यका अनुसार न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिन्छ । उक्त इफेड्रिन चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा बिक्री गर्न लागेको बताए । प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोईफेड्रिन ट्याब्लेट ४७१.८८ केजीसहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो ।