१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार १६:०१:००
Read Time : < 1 मिनेट
समाचार

गुणस्तर शिक्षा सुधारमा २० प्रतिशत बजेट छुट्याउन प्रचण्डको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार १६:०१:००

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षाको गुणस्तर सुधारका लागि सरकारले २० प्रतिशत बजेट छुट्याउनु पर्ने बताएका छन् । पार्टीले चुनावका बेला शिक्षामा गुणात्मक सुधार गर्ने वाचा गरेकाले त्यसलाई पूरा गर्न सरकारले काम गर्ने उल्लेख गरे ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित एक विद्यालय भवनको उद्घाटनमा पुगेका प्रचण्डले शिक्षा क्षेत्रमा गुणत्मक सुधार नभई समृद्धि, विकास र सभ्यताको सपना पूरा नहुने बताए । उनले प्रविधि मैत्री व्यवसायिक शिक्षा उपलब्ध गराउने योजनासहित प्रविधि शिक्षामा ७० प्रतिशत र सैद्धान्तिक शिक्षामा ३० प्रतिशत हुने गरी सरकारले राष्ट्रिय शिक्षा नीति ल्याउन लागेको बताए । शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले प्राविधिक र व्यवसायिक शिक्षाको विकास गरी देशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए । सामुदायिक विद्यालयमा प्राविधिक र व्यवसायिक शिक्षा उपलब्ध भएपछि रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए ।