मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २२ आइतबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार

झडप नियन्त्रण नभएपछि कोहलपुरमा निषेधाज्ञा !

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार १५:४८:००

स्कुल पढ्ने बालिकालाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुरमा भएको झडप नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने तयारी गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले झडपको अवस्था विद्यमान रहेकाले शान्ति सुरक्षाका लागि निषेधाज्ञा वा कर्फ्यु लगाउने तयारी भइरहेको बताए । 

प्रहरी र स्थानीयबीच झडप भइरहेको उल्लेख गर्दै उनले भने, ‘समाधानका लागि सर्वदलिय बैठकको तयारी पनि गरिरहेका छौं । कर्फ्यु लगाउनु पर्ने अवस्था पनि आउन सक्छ ।’ झडपमा ३० प्रहरी र १० प्रदर्शनकारी घाइते भएको उपाध्यायले जानकारी दिए । झडप भएको ठाउँमा पुग्न सक्ने अवस्था नभएकाले सबै विवरण आइननसकेको उनले बताए ।

यसैबीच प्रहरीले भने दिउँसो ३ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको माइकिङ गरेको छ । निषेधाज्ञाको सुचना जारी गरे पनि भिड भने तितरवितर भएको र्छैन् । 

घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरले उपचारका लागि काठमाडौं लगेको छ ।