Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट
२०७५ पौष २९ आइतबार ११:००:००
Read Time : < 1 मिनेट
प्रदेश

महाकालीमा र्‍याफ्टिङ परीक्षण

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ पौष २९ आइतबार ११:००:००

कञ्चनपुरको महाकाली नदीमा पहिलोपटक र्‍याफ्टिङ सञ्चालन गरिएको छ ।  भीमदत्त नगरपालिकाले परीक्षणस्वरूप जिल्लाको उत्तरी चुरे फेदी क्षेत्रको महाकाली नदीमा साहसिक जलयात्रा अर्थात् र्‍याफ्टिङ परीक्षण गरेको हो । 

महाकाली नदीको बहुउपयोग गर्ने उद्देश्यले भीमदत्त नगरपालिका ९ मच्छेट्टीबाट सुरु भएको र्‍याफ्टिङ खल्लासम्म झन्डै ५ किलोमिटर दूरीको यात्रा गरिएको थियो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले र्‍याफ्टिङको सम्भावना अध्ययनका लागि परीक्षणस्वरूप तीन बोटिङ गरिएको बताए । उनका अनुुसार कर्णाली र्‍याफ्टिङ कम्पनीले महाकालीमा सफल परीक्षण गरेको छ । 

महाकाली नदीमा र्‍याफ्टिङ परीक्षण गरिँदै ।

बोटिङकै माध्यमबाट नेपालमा जलाशयको उपयोगका साथै पर्यापर्यटन र सुरक्षाका लागि सदुपयोग गर्न सकिने मेयर विष्टको भनाइ छ । मेयर विष्टले महाकालीमा बोटिङ सम्भव  भएकाले अध्ययन गर्दै यसलाई कानुनी रूपमै  सञ्चालन गरिने बताए । 

बिहीबार गरिएको परीक्षण कार्यक्रम  उद्योग मन्त्री एवं नेकपाका नेता कर्ण थापा, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकास रावल, भीमदत्त नगरका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।