Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर २२ आइतबार ११:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् आधारभूत  स्वास्थ्य र पोषण टिप्स

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार ११:१६:००

स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हुन् । पोषणलाई लिएर धेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वास्थ्य र पोषणबारे विपरीत धारणा बनाइराखेका हुन्छन् । त्यसैले यस्ता भ्रम चिर्न आवश्यक छ । अब जानौँ केही टिप्स :

  •  चिनीयुक्त पेय पदार्थ मोटोपनाका कारण हुन् । उच्च क्यालोरी पाइने पेय पदार्थ ठोस पदार्थको तुलनामा कम लाभदायी हुन्छन् । 
  • प्रशस्त मात्रामा नट्स सेवन गरौँ, बोसोयुक्त पदार्थ धेरै पाइने भए पनि पोषक र स्वस्थ हुन्छन् । साथै, नट्समा भिटामिन ई, म्याग्नेसियम, फाइबरजस्ता पोषक तत्व हुन्छन्, जसले मधुमेह, मोटोपना र हृदयरोेगको जोखिम कम गर्छन् । 
  • सकेसम्म जंकफुड सेवन नगर्दा राम्रो । संसारभरमै मोटोपनासँगै अधिकांश रोगको कारण जंकफुड मानिन्छ । 
  • कफी खान नडराउनुहोस् । कफीमा पाइने एन्टिअक्सिडेन्टले मधुमेह, अल्जाइमर, पार्किन्सनजस्ता रोगको जोखिम कम गराउँछ । 
  • स्वस्थ रहन पर्याप्त उपयुक्त आहार र व्यायामको उत्तिकै महत्व हुन्छ । त्यसैले यी कुरामा ध्यान दिनुपर्छ । 
  • फलफूल र तरकारी धेरै खाने तथा धूम्रपान/मद्यपानबाट टाढा रहनुपर्छ ।