मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार ११:१६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

प्रिनेटल  गर्भावस्थामा गरिने योग

Read Time : > 1 मिनेट
काठमाडाैं
२०७६ मङ्सिर २२ आइतबार ११:१६:००

गर्भावस्था हरेक महिलाका लागि विशेष र जोखिमपूर्र्ण अवस्था हो । गर्भवस्थामा महिलाले विभिन्न समस्याको सामाना गर्नुपर्ने हुन्छ । गर्भावस्थामा  कतिपय महिलामा स्वास्थ्यसम्बन्धी विभिन्न जटिलता देखापर्ने हुँदा स्वास्थ्यप्रति निकै नै सचेत हुन आवश्यक हुन्छ । गर्भावस्थामा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन पछिल्लो समयमा योेग गर्न थालिएको छ । गर्भावस्थामा गरिने योग नेपालका लागि नयाँ ट्रेन्ड हो । विशेषगरी, सहरी क्षेत्र अर्थात् स्वास्थ्य सेवाको प्रत्यक्ष पहुँचमा रहेकाले गर्भावस्थामा योग गर्ने गरेको पाइन्छ । 

यसरी गरिन्छ योग

गर्भावस्थामा गरिने योगलाई प्रिनेटल योग भन्ने गरिन्छ । जुन नेपालमा एकदमै कम व्यक्तिको पहुँचमा रहेको पाइन्छ । खासगरी, एलिट वर्ग, नेपालमा बस्ने विदेशी र लगातार योग गर्ने व्यक्तिले मात्र प्रिनेटल योग गर्ने गरेका छन् । 

प्रिनेटल योग गर्भवतीको स्वास्थ्य अवस्था र उमेरअनुसार फरक–फरक हुने गर्छ । सामान्यतया तीन महिना पुगिसकेका गर्भवतीले योग सुरु गर्ने गर्छन् । तर, पहिलेदेखि नै योग गर्नेको हकमा सुरुवातीको चरणबाट नै यसको अभ्यास गर्न सकिन्छ ।

प्रिनेटल योगका विभिन्न चरण छन् । गर्भावस्थामा समयसँगै शारीरिक परिवर्तन आउने हुँदा प्रत्येक चरणमा योगको स्वरूप पनि फरक हुन्छ । यो योग योगा सेन्टरमा समूहमा भन्दा पनि प्रत्येक व्यक्तिको आवश्यकताअनुसार छुट्टा–छुट्टै गराइन्छ । पहिलो चरण अर्थात सुरुको तीन महिना शरीर र दिमागलाई शान्त बनाउन गरिन्छ ।  

 तीन महिनादेखि ६ महिनासम्मको अवधिमा दोस्रो चरणको योग गराइन्छ । यो अवधि गर्भवतीका लागि खासै जोखिमपूर्ण नहुने हुँदा उनीहरूले योगका लागि समय दिन सक्छन् । तेस्रो चरण लगभग बच्चा जन्मने समयसम्मको हुने गर्छ । शारीरिक अवस्थाअनुसार सामान्य खालको आसन अपनाएर योग गर्न सिकाइन्छ । 

फाइदा 
गर्भावस्था संवेदनशील अवस्था हो, यो समयमा प्रायः महिलामा डर र स्वास्थ्यप्रति चिन्ता रहने गर्छ । योगले उनीहरूमा शान्त र आनन्दित बनाउन मद्दत गर्छ । 

गर्भावस्थामा आमाको शारीरिक तथा मानसिक अवस्थाले बच्चामा प्रत्यक्ष असर पारिरहेको हुन्छ । योगले आमामा एक किसिमको आत्मविश्वास सिर्जना गरिदिन्छ । 

बच्चा जन्माउँदा आत्मविश्वास आवश्यक हुन्छ । नियमित योग गर्दा शरीर लचक तथा मानसिक आत्मबलको विकास भई पाठेघरलाई बच्चा जन्माउन अनुकूल बनाउन मद्दत गर्छ । 

योगले मानसिक स्वस्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । जसले गर्दा नियमित योग अभ्यासले आमालाई बच्चा जन्माउन मानसिक रूपमा तयार गर्छ । खासगरी, प्रशव पीडाको समयमा सास फेर्ने तरिकाको निकै महत्व हुन्छ ।  योगले महिलामा दुखाइ, डर–त्रास सहन शारीरिक तथा मानसिक रूपमा तयार गर्छ ।  

आसन यस्ता
प्रिनेटल योग सामान्य योगभन्दा फरक हुने गर्छ । यो समयमा शरीरमा भार नपर्ने खालका योगासन गरिन्छन् । जुन घरमै पनि गर्न सकिन्छ । गर्भावस्थामा बाधकोन आसन, वीरभद्र आसन, मारजरी आसन, विभिन्न मुद्रा, सहज खालको प्राणायाम भ्रामरी र उज्जाइ आदिकोे अभ्यास गर्न सकिन्छ ।

योगमा हुने सबै खालका आसन गर्भावस्थामा गर्न मिल्दैन । यद्यपि, केही आसन सहज तरिकाले गर्न सकिन्छ । पहिलेदेखि योग गरिहेका महिलाले अलिकति जटिल खालको योग गर्न सक्छन् ।

प्रस्तुति : मञ्जु टेलर