मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २२ आइतबार १०:२४:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिका–तालिबान वार्ता पुनः सुरु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार १०:२४:००

अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा पुनः वार्ता सुरु भएको छ । अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार गर्नेतर्फ वार्ता केन्द्रित छ । 

केही दिनअघि अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले काबुलको दुई दिने भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले अफगान अधिकारीहरू र प्रमुख राजनीतिक नेताहरूसँग भेटघाट गरेका थिए । उनले पूर्वराष्ट्रपति हमिद कारजाईसँग समेत भेट गरेका थिए । 

यसअघि अमेरिका र तालिबानबीच दोहामा नौ चरणमा वार्ता भएका थिए र एउटा वार्ता सम्झौतामा हस्ताक्षर हुनेक्रममा एकाएक वार्ता रद्द गरिएको थियो ।  काबुलमा तालिबान समूहले गरेको आत्मघाती आक्रमणमा एक अमेरिकी सैनिकसहित केही विदेशी र अफगानीहरूको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच जारी वार्ता रद्द भएको घोषणा गरेका थिए ।